ट्रक पल्टिदा दुई जनाको मृत्यु « Khabarhub

ट्रक पल्टिदा दुई जनाको मृत्यु


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परासी – पश्चिम नवलपरासीको दाउन्ने उकालोमा बुधबार भएको ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

वीरगञ्जबाट भैरहवातर्फ आउँदै गरेको ना४ख ४५०४ नम्बरको फलामको रड बोकेको ट्रक पूर्व–पश्चिम राजमार्गको बर्दघाट–४ स्थित दाउन्नेमा बिहान दुर्घटनामा परेको हो ।

ट्रक सडकबाट करिब २५ मिटर तल खसेको थियो । पल्टिएको ट्रकले च्याप्दा सोही ट्रकका धनी सुनवल नगरपालिका–१३ बस्ने २५ वर्षीय बलबहादुर सार्की र सवारी चालक सोही ठाउँ बस्ने २९ वर्षीय नरबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

सडकबाट तल खोल्सोमा खसेको ट्रकलाई क्रेनको सहायताबाट निकालिएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ६ : २९ बजे

जीपले ठक्कर दिँदा बालिकाको मृत्यु

काठमाडौँ- महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैया गाउँमा आज जीपले ठक्कर दिँदा

राष्ट्रलाई अस्थिरताबाट जोगाउन प्रचण्डलाई प्रधानमन्त्री बनायौँ : ओली

काठमाडौँ- सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रलाई अस्थिरताबाट

माओवादी केन्द्रकी अर्यालद्वारा राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौँ- नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले राष्ट्रियसभाको उपाध्यक्ष पदमा उम्मेदवारी

रविको सांसद पद गुमेपछि आफू निर्वाचित भएको घोषणा गर्न चितवन-२ का उपविजेताको माग

काठमाडौँ- रवि लामिछानेको सांसद पद गुमेसँगै आफूलाई निर्वाचित भएको घोषणा

प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद अनुपस्थित

काठमाडौँ- सत्तारुढ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधिसभाको