ट्रक पल्टिदा दुई जनाको मृत्यु « Khabarhub

ट्रक पल्टिदा दुई जनाको मृत्यु


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परासी – पश्चिम नवलपरासीको दाउन्ने उकालोमा बुधबार भएको ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

वीरगञ्जबाट भैरहवातर्फ आउँदै गरेको ना४ख ४५०४ नम्बरको फलामको रड बोकेको ट्रक पूर्व–पश्चिम राजमार्गको बर्दघाट–४ स्थित दाउन्नेमा बिहान दुर्घटनामा परेको हो ।

ट्रक सडकबाट करिब २५ मिटर तल खसेको थियो । पल्टिएको ट्रकले च्याप्दा सोही ट्रकका धनी सुनवल नगरपालिका–१३ बस्ने २५ वर्षीय बलबहादुर सार्की र सवारी चालक सोही ठाउँ बस्ने २९ वर्षीय नरबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

सडकबाट तल खोल्सोमा खसेको ट्रकलाई क्रेनको सहायताबाट निकालिएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ६ : २९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने