काबुल विस्फोटमा सात जनाको मृत्यु « Khabarhub

काबुल विस्फोटमा सात जनाको मृत्यु


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान भएको एक विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बुधबार बिहान ७ : २५ मा सो विस्फोट भएको थियो ।

यस विस्फोटमा अन्य सात जना सख्त घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्वीटरमार्फत जानकारी दिनु भएको छ ।

शक्तिशाली विस्फोटन भएको नजिकै रहेका भवनहरू, केही पसल र सवारी साधनमा क्षति पुगेको जनाइएको छ ।

गृह मन्त्रालयको पछाडि रहेको एक सडकमा दौडिरहेका सशस्त्र फौजको जीप लक्षित आत्मघाती कारबम आक्रमण भएको प्रत्यक्षदर्शी अब्दुल शाहले बताए ।

वम विस्फोट गरिएको सो इलाकालाई सुरक्षाफौजले घेरा हालेर खोजतलास शुरु गरिएको छ । उक्त आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैनन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ६ : ४५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको