लठ्याउने सुई लगाई आफन्तबाटै बेचिइन् बालिका « Khabarhub

लठ्याउने सुई लगाई आफन्तबाटै बेचिइन् बालिका


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बान्ता नआउने औषधि भनेर लठ्याउने सुई लगाई १५ वर्षीय बालिका आफन्तबाटै बेचिएको खुलासा भएको छ ।

काठमाडौँको एक होटलमा काम गर्दै गर्दा आफन्त पर्ने नुवाकोट सूर्यगढी गाउँपालिका–६ घर भई हाल ललितपुरको चापागाउँ बस्ने कान्छी तामाङ (सुनिता तामाङ) भन्ने कृष्णमाया लामाले बालिकालाई पढाई दिने प्रलोभनमा पारेर भारतमा बेचेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा अभियुक्त लामाले २०६८ सालमा आफ्नै नजीकको नाता पर्ने बालिकालाई यसरी बेचेको खुल्न आएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

आरोपी लामालाई आठ वर्षपछि बुधबार प्रहरीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिकास्थित देउवाचोकबाट पक्राउ गरेको छ । उक्त घटनामा संलग्न रहेको आरोप लागेका सोही ठाउँका ४२ वर्षीय शेरबहादुर लामा भने फरार रहेको प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले जनाएको छ ।

“उनले बालिकालाई घर जाने बहानामा बसमा चढाई बान्ता नआउने औषधि भनी लठ्याउने औषधि खुवाएर भारत लगेको र उनी होसमा आउँदा भारतको मधुन भन्ने ठाउँमा पुगेको खुल्न आएको छ”, प्रहरी उपरीक्षक थपलियाले भने । लामाले दोस्रो दिन सोही ठाउँको एक कोठी सञ्चालक लक्ष्मी र हेमालाई १० हजार भारतीय रुपैयाँमा बेचेको ब्यूरोले जनाएको छ ।

बालिकालाई कोठी सञ्चालकले करीब एक महिना कोठामा बन्धक बनाई शारीरिक वृद्धिका लागि सुईको प्रयोग गरी औषधि खुवाएको अनुसन्धानबाट पत्ता लागेको छ । त्यसपछि भारतको नयाँ दिल्लीस्थित कोठी नं ५११ मा दुई, कोठी नं ६४ मा दुई वर्ष र कोठी नं ४० मा १५ दिन राखी यौनधन्दामा लगाइएको थियो ।

सोही क्रममा एक नेपाली ग्राहकलाई बालिकाले पीडा सुनाएपछि उनकै पहलमा बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उनले बालिकालाई उद्धार गरी माइती नेपालमा ल्याएका थिए । माइती नेपालले बालिकालाई कात्तिक २० गते ब्यूरोमा बुझाएको थियो । उनको जाहेरीका आधारमा प्रहरीले अभियुक्त लामालाई बुधबार पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक अनुपमशमशेर जवराले जानकारी दिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ७ : ०२ बजे

कानुन मन्त्रालयले माग्यो  विधेयकको मस्यौदामा सर्वसाधारणमा राय सुझाव

काठमाडौं–  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानुन आयोग ऐन,

मोदीलाई मेटाले हेपेपछि…

नयाँ दिल्ली- विश्वका नेताहरूमध्ये सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ भएकामा

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

विराटनगर– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने

काठमाडौं– स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा