सम्पत्ति शुद्धीकरणमा तानिँदै बैंक तथा वित्तीय संस्थाका सञ्चालक « Khabarhub

सम्पत्ति शुद्धीकरणमा तानिँदै बैंक तथा वित्तीय संस्थाका सञ्चालक


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैंकका सञ्चालकहरुले कर्जा लगानीमा व्यापक आर्थिक चलखेल गर्ने गरेको उजुरी परेपछि सम्पत्ति छानबिन हुने भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंक तथा वित्तीय संस्थाहरुका सञ्चालकको समेत सम्पत्ति छानबिन गर्ने भएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुका सञ्चालक ‘सेरेमोनियल’ पद हुन् । कर्जा लगानी गर्नेलगायतका धेरै अधिकार बैंकको प्रमुख कार्यकारी अधिकृतलाई नै दिइएको हुन्छ । तर, ठूलो कर्जा लगानी गर्ने बेलामा बैंकका सीईओभन्दा सञ्चालकले धेरै भूमिका खेल्ने गरेको भन्दै विभागमा उजुरी परेको श्रोतको दाबी छ ।

वाणिज्य बैंकहरुले १० करोड रुपैयाँभन्दा कम रकम कर्जा दिदा सीईओले कर्जा स्वीकृत गर्न सक्छन् । त्यो भन्दा ठूलो रकम भएको अवस्थामा भने सीईओको सिफारिसमा सञ्चालक समितिले निर्णय गरेर मात्रै कर्जा दिनुपर्ने व्यवस्था छ ।

१० करोड रुपैयाँ माथि मात्रै नभएर एक करोड रुपैयाँमा समेत बैंकका सञ्चालकहरुले पर्दा पछाडिबाट भूमिका खेल्ने गरेको विभाग श्रोतको दाबी छ । श्रोतका अनुसार करोड रुपैयाँ लगानी गर्न पनि बैंकका सञ्चालकहरुले सीईओहरुलाई दवाव दिने गरेका छन् ।

‘सिधै सीईओसँग जाँदा कर्जा स्वीकृत नहुने डर हुने भएपछि सञ्चालकलाई आर्थिक लाभको आश देखाउने चलन पनि रहेछ’ विभाग श्रोत भन्छ, ‘सञ्चालकले सीईओलाई स्वीकृत गरिदिन भन्ने र त्यसवापत आर्थिक लाभ लिने गर्दा रहेछन् ।’

तत्कालै २ बैंकका ४ सञ्चालकमाथि छानबिन सुरु हुने बताए पनि बैंकको नाम र सञ्चालकको नाम खुलाउन भने विभाग श्रोतले चाहेन । त्यसरी आर्थिक लाभ लिएको रकम गैरकानूनी हुने र सम्पत्ति शुद्धीकरण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउनका लागि छानबिको तयारी भइरहेको विभागले बताएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले अस्वभाविक रुपमा कर्जा लगानी गरेको समेत विभागको दावी छ । विभागका उच्च अधिकारीले दिएको जानकारी अनुसार काठमाडौंमै ४ आना जग्गामा ८२ करोड रुपैयाँ ऋण लगानी गरेको पाइएको छ ।

‘जबकी त्यो जग्गाको दाम नै प्रतिआना ४ करोड भन्दा बढी पर्दैन’ विभागका ती अधिकारी भन्छन्, ‘तर ४ आना जग्गामा ८२ करोड ऋण प्रवाह भएको छ, यसमा ठूलै चलखेल हुनु पर्छ ।’

नेपाल बंगलादेश बैंकले केही समय अघि अस्वभाविक रुपमा आफ्नै संस्थापकलाई कर्जा लगानी गरेको भन्दै राष्ट्र बैंकमा उजुरी परेको थियो ।

उजुरी पछि राष्ट्र बैंकले आवश्यक कारबाही समेत गरेको बताइएको छ । त्यस्तै प्रकृतिको ठूलो रकम काठमाडौंमै लगानी भएको जानकारी पाएपछि विभागले त्यस विषयमा समेत चासो देखाएको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : ३० बजे

बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग

एजेन्सी– बङ्गलादेशको संसदीय चुनावको मतदान दिन नजिकै जाँदा निर्वाचन अधिकारीहरू

बाराका किसानलाई उखु काट्न चटारो (तस्बिरहरू) 

काठमाडौं– बारामा नगदे बालीका रूपमा रहेको उखु बिक्रीको सिजन सुरु

पूर्वी प्रशान्तमा अमेरिकी सैन्य कारबाही : दुई जनाको मृत्यु, एक घाइते

वासिङ्टन– पूर्वी प्रशान्त महासागरमा लागूऔषध तस्करीको आशंकामा लक्षित एक डुंगामाथि

दार्चुलामा प्रहरी हवल्दारको हत्या : दुई युवतीसहित तीनजना पक्राउ

दार्चुला– दार्चुला सदरमुकाममा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या आशंकामा तीनजना

दार्चुलामा प्रहरी हवल्दार मृत भेटिए, दुई जना पक्राउ

 दार्चुला – दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका