ओली-नेपाल भेटवार्ता : तिक्तता मेट्ने प्रयास « Khabarhub

ओली-नेपाल भेटवार्ता : तिक्तता मेट्ने प्रयास


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि भेटवार्ता भएको छ ।

उनीहरुबीच झण्डै चार घण्टा लामो संवाद भएको स्रोतले जनाएको छ । लामो समयदेखि तिक्ततापूर्ण सम्बन्धमा रहेका ओली–नेपालबीच भएको भेटवार्तामा विगतका सम्बन्धको समीक्षासहित  रुष्ट बन्नुको कारण र दुवै नेताबीच दूरी बढाउन लागेका केही नेताहरुको चलखेलका विषयमा कुराकानी भएको जनाइएको छ ।

पार्टी एकीकरण प्रक्रिया र राजनीतिक नियुक्तिमा अध्यक्ष ओलीले एकलौटी गरेको भन्दै नेता नेपालले विमति जनाउँदै आएका थिए ।

उनीहरुबीचको सम्बन्धमा यस्तोसम्म आएको थियो कि गत ४ भदौको सचिवालय बैठकमा ओलीले नेता नेपालले दिएको स्वास्थ्यलाभको कामना समेत अस्वीकार गर्ने अभिव्यक्ति दिएका थिए। नेता नेपाले पनि तीन पटकसम्म पार्टीका निर्णयमा असहमति जनाउँदै नोटअफ डिसेन्ट लेखेका थिए ।

तर मंगलबार अध्यक्ष ओली आफैले सम्बन्ध सुधारको प्रयास गर्दै बालुवाटार बोलाएपछि दुई नेताबीच आन्तरिक छलफलसँगै पार्टीको आगामी योजनाबारे समेत छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ८ : ५२ बजे

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा– बाँकेमा आर्थिक वर्ष २०८२-८३ सम्ममा ६०७  हेक्टरभन्दा बढी वनक्षेत्र

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

क्यासिनोमा जुवा खेलाउने ११ जना पक्राउ, १० लाख बरामद

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठस्थित गरुड क्यासिनोभित्र गैरकानुनी रूपमा नेपाली नागरिकलाई

बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

काठमाडौँ – उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा कुल ९ करोड ५६

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २