सप्तरीमा जनमत पार्टीसहित ९ जनाको उम्मेदवारी दर्ता « Khabarhub

सप्तरीमा जनमत पार्टीसहित ९ जनाको उम्मेदवारी दर्ता


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत आज स्थानीय तहतर्फ सप्तरीको एकमात्र वडाध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन सम्पन्न भएको छ ।

छिन्नमस्ता गाउँपालिका वडा नं ७ को वडाध्यक्ष पदका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी नौ जनाले उम्मेदवारी मनोनयन गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अच्छेलाल यादव, नेपाली काङ्ग्रेसबाट शिवनारायण मण्डल, राजपा नेपालबाट प्रमिलादेवी यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गजेन्द्र मण्डल, नेपाल लोकतान्त्रिक पार्टीबाट सकलदेव साह र जनमत पार्टीबाट दिनेशकुमार यादवले उम्मेदवारी मनोनयन गर्नुभएको छ । नौमध्ये नुर हसन मन्सुरी, रञ्जीतकुमार यादव र धीरेन्द्रकुमार यादवले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।

मनोनयन दर्ता गर्न राजपाका उम्मेदवारसँगै आएका समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार यादवले राजपाको उम्मेदवारलाई सघाउने जनाए । वडाध्यक्ष पदका लागि नेकपा र राजपाका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने मतदाता बताउँछन् ।

यसअघि स्वतन्त्रबाट उम्मेदवार बनेका अच्छेलाललाई आठ मतको झिनो अन्तरले राजपाका प्रभाकर यादवले जितेका थिए । उनी जिल्ला समन्वय समिति सप्तरीको प्रमुखमा निर्वाचित भएपछि रिक्त रहेको सो पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा अच्छेलाल नेकपाबाट उम्मेदवार बनेका छन् भने राजपाबाट प्रमिलादेवी उम्मेदवार बनेकी छिन् । निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारको उम्मेदवारी मनोनयनका लागि आज बिहान १० बजेदेखि दिउँसो एक बजेसम्मको समय तोकेको थियो ।

मङ्सिर १४ गते बिहान ७ बजेदेखि ५ बजेसम्म हुने मतदानका लागि छिन्नमस्ता गाउँपालिका वडा नं ७ मा ७५७ पुरुष र ६४६ महिला गरी एक हजार ४०३ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत कार्यालय सप्तरीले जानकारी दिएको छ । पहिलो स्थानीय तहको निर्वाचनमा सो वडामा एक हजार १७५ मतदाता रहेकामा अहिले २२८ मतदाता थपिएको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १० : ३० बजे

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको