टाइफाइड ज्वरोको लक्षण र उपचार « Khabarhub

टाइफाइड ज्वरोको लक्षण र उपचार


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाइफाइड फिभर किटाणुको कारणले मानिसमा अत्याधिकारी ज्वरो बढ्दै जाने रोग हो । टाइफाइड भएमा बिरामी निकै कमजोर हुन्छ । टाइफाइले गर्दा शरीरमा रोगसँग लड्ने क्षमता कम हुँदै जान्छ ।

यसमा धेरै ज्वोरो आउने,धेरै टाउको दुख्ने,सबै जिउ दुख्ने,पेट दुख्ने,खान मन नलाग्ने,दिसा पातलो या गुट्टा पर्ने,ज्वरो बढे अनुसार नाडिको गति नबढ्ने,सुक्खा खोकी आउने, फियो बढ्ने,सानो बिमिरा पेटमा आउनेर अन्त्य बेचैनी र बिसक्त जस्तो हुने गर्दछ । टाइफाइडको पहिला, दोस्रो र तेस्रो साताको फरक लक्षण हुन्छ ।

पहिलो सातामा देखिने लक्षण

–हल्का गर्दै ज्वरो बढ्दै जाने,

–धेरै टाउको दुख्ने,

–जिउ दुख्ने,

–थकित महसुस हुने,

–पेट दुख्ने,

– सुक्खा खोकी लाग्ने,

–पखला लाग्ने,

–कब्जियत हुने,

–वाकवाक लाग्ने,

–ज्वरो बढे अनुसार नाडीको गति नबढ्ने ।

दोस्रो सातामा देखिने लक्षण

–उपचार नभए वा सहि औषधि नपाए ज्वरो बढ्दै जाने,

–बिरामीमा बेचैनी बढ्ने,

–असक्त देखिने,

–दिशा पातलको हुने,

–पेट फुल्ने,

–फियो बढ्ने,

–बिरामी कमजोर हुँदै जाने ।

तेस्रो सातामा देखिने लक्षण

–बिरामीको ज्वरो बढ्ने,

–बिरामीको अवस्था नजुक हुने,

–बिरामी बर्बराउन थाल्ने,

–नाडिको गति झन् कम हुने,

–स्वास प्रस्वास छिटो छिटो फेर्न थाल्ने

टाइफाइटका बिरामीलाई आराम गरेर झोलिलो पदार्थ र प्रशस्त पानी पीउदा रोग प्रतिरोधात्मक क्षमता बढ्दै गएर बिरामी निको हुन सक्छ । टाइफाइडको पहिलो चरणमा नै स्वास्थ्यमा ध्यान दिएर चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ ।

टाइफाइडका बिरामीले झोलिलो पदार्थ, पानी, भिटामिन र प्रोटिन पाउने खानेकुरा खाने गर्नुपर्छ । धेरै ज्वरो आएमा पानी पट्टि लगाउनुपर्छ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ८ : २६ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका