कविता- कालापानी मेरै हो « Khabarhub

कविता- कालापानी मेरै हो


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

लिपुलेक र लिम्पियाधुरा
कालापानी मेरै हो

कालीको धार जङ्गे पिलर
मेची किनार मेरै हो ।

मेचीकाली सीमावर्ती दशगजाका खाँबाहरू
मेरा सबुत गुणगान हुन् ।

हेपाहाको नुर गिराउने शिविर छेक्ने
वैभवशाली यी शान हुन् ।

पुर्खाका यी गौरवगाथा
साँध र सिमाना धुनधान हुन् ।

दिवा–रात्री साक्षी बस्ने
यी जून,तारा र घाम हुन् ।

पसिना र खुन भिजेका
सीमाङ्कनका डाम हुन् ।

खुँडा, खुकुरी र ढुङ्गा–मुँडाले बचाएको
मेरो अस्मिता उपर
गिद्धे नजर पर्नु हुँदैन ।
कसैको सुन्दरतामाथि तड्पिएर बाँच्ने
बिल्कुल रहर गर्नु हुँदैन ।

आइलागेमा जाइ लाग्ने
पुर्खाको हो मुल मन्त्र
सदर बन्छ सधैं भरी
कदापि यो बदर हुँदैन ।

कुदृष्टिले कुचक्रीको
आदर, सम्मान, कदर हुँदैन ।

हिंसक हिटलर कायर मृत्यु
सम्झ कैल्यै सगर हुँदैन ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ११ : १० बजे

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।