कविता- कालापानी मेरै हो « Khabarhub

कविता- कालापानी मेरै हो


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

लिपुलेक र लिम्पियाधुरा
कालापानी मेरै हो

कालीको धार जङ्गे पिलर
मेची किनार मेरै हो ।

मेचीकाली सीमावर्ती दशगजाका खाँबाहरू
मेरा सबुत गुणगान हुन् ।

हेपाहाको नुर गिराउने शिविर छेक्ने
वैभवशाली यी शान हुन् ।

पुर्खाका यी गौरवगाथा
साँध र सिमाना धुनधान हुन् ।

दिवा–रात्री साक्षी बस्ने
यी जून,तारा र घाम हुन् ।

पसिना र खुन भिजेका
सीमाङ्कनका डाम हुन् ।

खुँडा, खुकुरी र ढुङ्गा–मुँडाले बचाएको
मेरो अस्मिता उपर
गिद्धे नजर पर्नु हुँदैन ।
कसैको सुन्दरतामाथि तड्पिएर बाँच्ने
बिल्कुल रहर गर्नु हुँदैन ।

आइलागेमा जाइ लाग्ने
पुर्खाको हो मुल मन्त्र
सदर बन्छ सधैं भरी
कदापि यो बदर हुँदैन ।

कुदृष्टिले कुचक्रीको
आदर, सम्मान, कदर हुँदैन ।

हिंसक हिटलर कायर मृत्यु
सम्झ कैल्यै सगर हुँदैन ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ११ : १० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले