श्रीमद्भागवतमा लेखिएको छ, कलियुग चरम अवस्थामा पुगेपछि मानिसको आयु २० वर्षमात्रै ! « Khabarhub

श्रीमद्भागवतमा लेखिएको छ, कलियुग चरम अवस्थामा पुगेपछि मानिसको आयु २० वर्षमात्रै !


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीमद्भागवत महापुराण बारे तपाईंले सुन्नु भएको छ ? सायद होला । सप्ताह भनेर गरिने धार्मिक अनुष्ठानमा श्रीमद्भागवत पाठ र कथा बाचन गरिन्छ ।

सात दिन सम्म लगाइने उक्त पुराणमा भक्तियोग, ब्रह्माण्डको उत्त्पत्ति, भगवानको बाल चरित्रको वर्णन, समुद्र, पर्वत, नदी, पाताल, नरक आदिको स्थिति। देवता, मनुष्य, पशु, पक्षी आदिका जन्मको कथा, श्रीकृष्णका लिला, रामका कथा, महाभारतका कथा र विभिन्न राजाहरुको चर्चा गरिएको छ भने मानिसको अवस्था, युग र युगअनुसारका चरित्रहरुको पनि व्याख्या गरिएको पाइन्छ । हजारौं वर्ष अघि लेखिएको श्रीमद्भागवत हिन्दूहरूका अठार पुराणहरू मध्येको एक हो ।

हजारौं वर्षअघि लेखिएको यो पुराणमा कलि युगबारे व्याख्या गरिएको छ । कलि युगमा धर्मको पत हुने र जसले गर्दा मनुष्य पनि पतन तर्फ अघि बढ्ने जनाइएको छ ।

जब धर्म को पतन हुनेछ तब मानिसको पतन हुनेछ । मानिसका कारण राजा-प्रजा को अवस्था र खान-पान पनी सही हुनेछैन । यी सबै कारणले मौसम, रोगों र जीवनमाथि सारै नराम्रो प्रभाव पर्छ । जसका कारण मानिसको शरीर खाद्यान्न, ऋतु, जनसंख्याको अवस्था पनि कमजोर र खराव हुनेछ । त्यसैले अहिले कलियुगमा जे भइरहेको छ यो सबै धर्मको पतनका कारण भइरहेको भागवतको भनाइ छ ।

हजारौं वर्ष अघि लेखिएको श्रीमद्भागवत महापुराणमा गरिएको वर्णन अहिलेको युगमा मिलिरहेको विश्वास गरिन्छ ।

जसमध्ये हामीले यहाँ मागवतमा उल्लेख गरिएको दुई वटा श्लोक प्रस्तुत गरिएको छ । कलियुग चरम अवस्थामा पुगेपछि पापीहरुले संसारमा राज गर्ने, मानिसको आयु घट्ने, अन्न बालीका बोट साना हुने र कम फल्ने आदी वर्णन भागवतमा गरिएको छ ।

कलियुगमा मौसम, रोग र जीवनको अवस्था

अनावृष्ट्या विनङ्‌क्ष्यन्ति दुर्भिक्षकरपीडिताः।
शीतवातातपप्रावृड् हिमैरन्योन्यतः प्रजाः॥१०॥
क्षुत्तृड्भ्यां व्याधिभिश्चैव संतप्स्यन्ते च चिन्तया।
त्रिंशद्विंशति वर्षाणि परमायुः कलौ नृणाम्॥११॥
– भागवत पुराण १२.२.१०-११

भावार्थः – कहिले वर्षा न हुने -सूखा हुने हुन्छ । कहिले निकै जाडो हुनेछ त कहिले आँधी चल्नेछ । यी उत्पातसँग तथा आपसको संघर्षबाट प्रजा अत्यन्त पीडित हुनेछन् । मानिहरु भोक प्यास र अरु विभिन्न चिन्ताका कारण दुखि हुनेछन् । रोगबाट मानिसहरुले छुटकारा पाउने छैनन् ।

कलियुगमा मानिसको आयु घट्छ । मनुष्यको औषत आयु केवल बीस या तीस वर्ष हुनेछ ।

कलियुगमा विवाह-सम्बन्ध

दाम्पत्येऽभिरुचिर्हेतुर्मायैव व्यावहारिके।
स्त्रीत्वे पुंस्त्वे च हि रतिर्विप्रत्वे सूत्रमेव हि॥३॥
– भागवत पुराण १२.२.३

भावार्थः – विवाह-सम्बन्धका लागि कुल-शील-योग्यता आदिको वेवास्ता हुनेछ । युवक-युवती को पारस्परिक रुचिबाट नै सम्बन्ध बन्नेछ । व्यवहार को निपुणता वास्तविकता र ईमानदारीता मा हुने छैन । जसले जति छल-कपट गर्न सक्छ उ त्यति नै व्यवहारकुशल मानिनेछ । स्त्री र पुरुष को श्रेष्ठता को आधार उनीहरुको शील-संयम नभएर केवल रतिकौशल(यौन कौशल) हुनेछ । ब्राह्मण को पहिचान उसको गुण-स्वभावबाट होइन यज्ञोपवीत (जनै) बाट हुनेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ३ : ४४ बजे

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।