छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा « Khabarhub

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अझै पनि छोरा र छोरीलाई शिक्षा दिने कार्यमा विभेद रहेकाले त्यसको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।

जिल्ला बाल क्लब सञ्जाल काभ्रेपलाञ्चोकको पाँचौँ जिल्ला बाल भेलामा उनले बालअधिकार गर्भबाट शुरु हुने भएकाले स्वस्थ रुपमा जन्मिन पाउनुपर्ने अधिकार र जन्मदेखि सुरक्षित जीवन निर्वाहको पक्ष र त्यसका लागि शिक्षा र स्वस्थ जीवन जिउन पाउनुपर्ने अधिकारमा भेदभाव हुन नदिन आम अभिभावक सचेत हुनुपर्ने ताए ।

मन्त्री बाँस्कोटाले अहिले पनि गाउँका कलेजहरु छोरीबुहारी पढ्ने थलो मात्रै भएको उल्लेख गरे । बालबालिकाको जीवनको दिशा परिवारबाट हुने भएकाले अभिभावकहरुले पनि त्यही अनुसारको शिक्षा दिन आवश्यक रहेको मन्त्री बाँस्कोटाको भनाइ छ । “बालबालिकाको ज्ञान र क्षमता भर्ने कुरा परिवारबाट नै हुने र बालबालिकालाई पढेर मात्रै नभई बाहिरी ज्ञानले पनि थप निपुण बनाउने भएकाले अभिभावकले त्यसतर्फ ध्यान दिन आवश्यक छ”, उनले भने ।

सो क्रममा मन्त्री बाँस्कोटाले गैरसरकारी सङ्घसंस्थाले समाज चलाउने नभई समन्वय मात्रै गर्ने भएकाले बालबालिकालाई त्यसको मात्रै भर नपर्न आग्रह गर्दै सिक्दै गरेका जीवन कलाको अनुभवका आधारमा भोलिको बाटो तय हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । मन्त्री बाँस्कोटाले धेरै चीजमा समाज बदलिसकेको उल्लेख गर्दै विगतमा जे जसरी बालापन बिते पनि अबको समयमा आम बालबालिकालाई अनुशासित भएर आफ्नो जिम्मेवारी निभाउन सुझाव दिए ।

शिक्षा, ज्ञान, चेतना, अधिकार, बोल्न सक्ने र बोल्न पाउने तथा कमाउन पाउनेलगायत संविधानले मानव अधिकारको सुनिश्चित गरिसकेको हुँदा त्यहीभित्र बाल र महिला अधिकार पर्ने भएकाले सरकारको मात्रै आलोचना गर्ने नभई त्यसको पूर्ण पालनामा ध्यान दिन मन्त्री बाँस्कोटाले सबैमा आग्रह गरे ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ४ : ३५ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले