गुल्मीमा एक युवक मृतावस्थामा फेला « Khabarhub

गुल्मीमा एक युवक मृतावस्थामा फेला


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीमा एक युवक मृतावस्थामा फेला परेका छन् ।

गुल्मीको धुर्कोट गाउँपालिका–४ को जैसिथोकमा सोही स्थान बस्ने २२ वर्षीय कमल खत्री मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए ।

शुक्रबार बेलुकी घरबाट निस्केका खत्री रातिसम्म पनि घर नफर्केपछि आज खोज्दै जाने क्रममा उनलाई घर नजिकै बाटोबाट दुई सय मिटर तल मृत अवस्थामा फेला पारिएको उनले बताए ।

प्रहरीले घटनास्थलको मुचुल्का बनाई शव परीक्षणका लागि जिल्ला अस्पताल तमघासमा ल्याउने तयारी गरेको बताइएको छ ।

तीन वर्षपछि कुलपूजाका लागि भनेर घर आएका खत्री शुक्रबार बेलुका कुलपूजाका निम्तालुहरुलाई खाना खुवाएर सकेपछि घरबाट बाहिर निस्केका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ९ : ०२ बजे

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र