पोखरीमा माछा मार्न थापेको जालमा शिशुको शव फेला « Khabarhub

पोखरीमा माछा मार्न थापेको जालमा शिशुको शव फेला


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी–सप्तरीको रुपनी गाउँपालिका गाउँपालिका–३ हर्दियास्थित पोखरीमा आज नवजात शिशुको शव भेटिएको छ ।

तिलेश्वर साहको उक्त पोखरीमा माछा मार्न थापेको जालमा नवजात शिशु (बालिका) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गाउँको भित्री सडकखण्डको पूर्वमा रहेको तिलेश्वर साहको पोखरीमा माछा मार्न हालेको जालमा बालिका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइले जानकारी दिए ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । नवजात शिशुलाई बेवारिसे अवस्थामा कसले र किन फालेको हो, त्यस बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रसाइले बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ८ : ४५ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका