पूर्णरुपमा निको नहुने दीर्घ श्वासप्रश्वास अवरोध रोग, यी हुन् लक्षण र बच्ने उपाय « Khabarhub

पूर्णरुपमा निको नहुने दीर्घ श्वासप्रश्वास अवरोध रोग, यी हुन् लक्षण र बच्ने उपाय


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दीर्घ श्वासप्रश्वास अवरोध रोग  फोक्सो र फोक्सोमा रहेका हावाका नलीहरु स्थायी रुपमा क्षति भएर सास फेर्न कठिनाइ हुने अवस्था हो ।

दीर्घ श्वासप्रश्वास अवरोध रोगको प्रक्रियालाई दम रोगको जस्तो औषधीले पूणरुपमा निको गर्दैन ।

औषधीको प्रयोगले मात्र यसबाट हुने जटिलताहरुको रोकथाम गर्न सकिन्छ ।

विश्वव्यापीरुपमा धुम्रपान नै यसको मुख्य कारण मानिएको छ ।

प्रदुषित वातावरणले पनि यो रोगलाई नकारात्मक असर पारिरहेको हुन्छ ।

घरभित्र हुने प्रदुषित हावा (दाउरा र गुइँठा बालेर खाना पकाउँदा, परम्परागत धुवाँले रुमलिएको चुल्हो, धान, कोदो चुट्दा उडेको कण, कलकारखानामा काम गर्दा, रासायनिक पदार्थको धेरै प्रयोग) ले दीर्घ श्वासप्रश्वासका रोगीलाई धेरै असर गर्छ ।

दीर्घ श्वासप्रश्वास अवरोध रोगका लक्षणहरु

घ्यार्रघ्यार्र हुनु ।

साना काम गर्दा पनि सास फेर्न गाह्रो हुनु ।

खकारयुक्त खोकी लाग्नु ।

छाती दुख्नु ।

धेरै थकाई लाग्नु ।

श्वासप्रशवास सम्बन्धी संक्रमण पटकपटक हुनु ।

कसरी बच्ने ?

बिरामीलाई ज्वरो आएमा खकार पहेँलो भएका चिकित्सकको सल्लाहमा औषधि खानुपर्छ ।

रोग धेरै बढेमा बिरामीलाई अस्पताल भर्ना गर्नुपर्छ ।

धुम्रपान गर्ने बानी गर्नुहुदैन । यदि धुम्रपान गर्ने बानी छ भने तुरुन्तै छोड्नुपर्छ ।

धुवाँरहित चुलोको प्रयोग तथा घरभित्र वायु प्रदूषण वातावरणमा काम गर्नुपरेमा गुणस्तरीय मास्क लगाउनुपर्छ ।

रोगको गम्भीर अवस्थाको कुनै लक्षण देख्नेबित्तिकै चिकित्सककहाँ वा अस्पताल लानुपर्छ ।

नियमित औषधि सेवन गर्नुपर्छ ।

गम्भिर किसिमको संक्रमण भई अझ स्थिति बिग्रन नदिन चिकित्सकको परामर्शमा खोप पनि लगाउन सकिन्छ ।

दीर्घ श्वासप्रश्वास अवरोध रोग पूर्णरुपमा निको नहुने भएकाले यसबाट हुने जटिलताहरुलाई रोकथाम गर्नुपर्छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ७ : १० बजे

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट