विप्लव समूहको बन्द आह्वान : काठमाडाैंमा आंशिक प्रभाव « Khabarhub

विप्लव समूहको बन्द आह्वान : काठमाडाैंमा आंशिक प्रभाव


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज (बिहीबार) आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानी उपत्यकामा न्यून देखिएको छ । बिहानै सँधैझै निर्वाध रुपमा सवारी साधन सञ्चालनमा आएका छन् । विप्लव समूहले आह्वान गरेको बन्दलाई निस्प्रभावी बनाउन राजधानीको सुरक्षा व्यवस्था उच्च बनाइएको छ । मुख्यमुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन् ।

पछिल्लो समय विप्लव समूहले विभिन्न ठाउँमा गरेको विष्फोट तथा सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्धका कारण यो पार्टीले आह्वान गरेको बन्दको असर विद्यालयहरुमा भने देखिएको छ । शिक्षक तथा विद्यालय प्रशासनले अवस्था बुझेर विद्यालय आउनु भन्ने सन्देश विद्यार्थीलाई दिएपछि विद्यार्थी अन्यौलमा परेका छन् ।

केही विद्यालयले भने विद्यार्थीलाई छुट्टी नै दिएका छन् । तर, प्रहरीले भने सुरक्षा व्यवस्था मजबुद बनाउने दाबी गरेको छ । सर्वसाधारण नभई बन्दकर्ता डराउनुपर्ने अवस्थाको सिर्जना हुने गरी सुरक्षा व्यवस्था मजबुद बनाइने काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्तकुमार लामाले बताए ।

सुरक्षार्थ सडकमा खटिएका प्रहरीहरुले पनि अहिलेसम्म कही कुनै अवरोधको घटना नसुनेको र स्थिति सामान्य रहेको बताएका छन् । बिहानै सडकमा हिँड्ने शंकास्पद व्यक्तिहरुसँग सोधपुछ गरेको प्रहरीले राजधानीको सुरक्षा व्यवस्था मजबुद रहेको बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिबन्ध गर्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध विप्लव नेकपाको वक्तव्य सार्वजनिक

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ६ : १९ बजे

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई