अब विश्वभर उड्ने छैन बोइङ ७३७ म्याक्स « Khabarhub

अब विश्वभर उड्ने छैन बोइङ ७३७ म्याक्स


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इथियोपियामा भएको विमान दुर्घटनापछि अमेरिकी विमान उत्पादक कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स मोडलका जहाजको उडानमा रोक लगाएको छ । बोइङले अर्को निर्णय नभएसम्मका लागि भनेर ७३७ म्याक्स मोडलका ३ सय ७१ वटा जहाजको उडान रोक्ने निर्णय गरेको हो ।

इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटनामा पर्दा १५७ जनाको ज्यान गएको थियो ।

इथियोपिया दुर्घटनापछि विभिन्न देशले उक्त विमानका उडानमा रोक लगाउने निर्णय गरेका थिए ।

पछिल्लो समय अमेरिकाले समेत बोइङ ७३७ म्याक्स ८ र ९ का सबै विमानको उडानमा रोक लगाइदिएको थियो । अमेरिकाले ७० वटा विमानको उडानमा रोक लगाएपछि बोइङ तत्कालका लागि ७३७ म्याक्स मोडलका सबै विमानको उडान रोक्ने निर्णयमा पुगेको हो ।

अघिल्लो वर्षको अक्टुबर महिलामा लायन एयरलाइन्सको बोइङ म्याक्स विमान पनि इन्डोनेसियाको राजधानी जकार्तामा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा १ सय ८९ व्यक्तिले ज्यान गुमाएका थिए ।

बोइङ ७३७ विमानको व्यावसायिक प्रयोग २०१७ देखि शुरु भएको थियो । विमानको सुरक्षाको विषयलाई लिएर बोइङ कम्पनीले विभिन्न दावीहरु प्रस्तुत गर्दै आएको पनि थियो । अमेरिकी अधिकारीहरुले समेत विमान सुरक्षाका विषयमा विभिन्न दावी गर्दै आएका थिए ।

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानको सुरक्षाको सम्बन्धमा थप अनुसन्धान आवश्यक रहेको र नागरिकको सुरक्षा पहिलो कुरा भएको बताएपछि अमेरिकाले यो विमानका सबै उडान बन्द गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  १० : २३ बजे

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद

पक्राउपछि विष्णुले शंकरलाई भनेका थिए – काठमाडौँ जानुपर्ने भयो, कार्यक्रम सकेर आउनू

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले