महानरपालिकाले ल्यायो अत्याधुनिक ब्रुमर, होला राजधानीको धुँवाधूलो नियन्त्रण ? | Khabarhub Khabarhub

महानरपालिकाले ल्यायो अत्याधुनिक ब्रुमर, होला राजधानीको धुँवाधूलो नियन्त्रण ?


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धुँवा र धूलोले राजधानीवासी आक्रान्त बनेका छन् । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धूलाम्मे काठमाडौंको नियती जस्तै बनेको छ । धुँवा धूलोका कारण काठमाडौं विश्वको प्रदुषित शहरमा समेत दर्ज भएको छ ।

सरकारले धुँवाधूलो नियन्त्रण गर्ने बताइरहेपनि त्यसले मूर्त रुपमा लिन सकेको छैन । काठमाडौं महानगरपालिकाले पनि धूलो नियन्त्रणलाई प्राथमिकतामा राख्ने जनाएपनि त्यो सफल हुन सकेको छैन ।

महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको लामो समय वितिसकेपनि महानगरपालिकाले महानगरभित्रको धूलो नियन्त्रण गर्न सकेको छैन भन्ने आरोप सर्वसाधारणले लगाएका छन् ।

तर, महानगरपालिकाले भने राजधानीको धूलो नियन्त्रणका लागि सडक पखाल्ने देखि ब्रुमरको प्रयोग गरिरहेको दाबी गरेको छ ।

मेलम्ची खानेपानीका लागि खनिएको सडकका कारण धूलो नियन्त्रणका लागि समस्या परेको महानगरले बताउँदै आएको छ ।

केही समय अघि महानगरपालिकाका मेयर विद्यासुन्दुर शाक्यले आफ्नो कार्यकालभरी नै मेलम्ची खानेपानीकालागि सडक खनिने भएका कारण धूलो नियन्त्रण गर्न नसकिने भनेर चिन्तासमेत व्यक्त गरेका थिए ।

थपिए ४ वटा नयाँ ब्रुमर

धूलो नियन्त्रणका लागि भन्दै महानगरपालिकाले ४ वटा नयाँ विद्युतीय सफाइ यन्त्र(ब्रुमर) ल्याएको छ । अर्को एउटा ब्रुमर भने भित्र्ने प्रकृयामा रहेको महानगरपालिकाले जनाएको छ ।

महानगरले चार महिनाअघि ब्रुमर ल्याउने प्रक्रिया थालेको थियो । इटालीमा निर्मित ‘अत्याधुनिक युरोपियन स्टायान्डर्ड’ का यी ब्रुमर नेपाल भित्र्याइएको हो ।

काठमाडौं महानगरपालिकाले ११ करोड बजेटमा इटालीबाट ५ वटा ब्रुमर मगाएको थियो । पाँचवटा मध्ये ४ वटा काठमाडौं भित्रिसकेका छन् भने बाँकी एउटा भन्सार कार्यलयमा रहेको छ । भन्सारमा रहेको ब्रुमर छिट्टै काठमाडौं आइपुग्ने महानगरले जनाएको छ ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार केही दिनमै शुभारम्भ कार्यक्रम हुनेछ, भने पाँचै वटा ब्रुमर चैतको पहिलो हप्ताबाट सञ्चालनमा आउनेछन् ।

महानगरपालिका क्षत्रेभित्र सञ्चालन हुने ब्रुमरले धुँवा र धुलोलाई पूर्ण रुपले नियन्त्रण गर्ने र पानीको प्रयोग गरेरसमेत सडकलाई सफा बनाउन सकिने डंगोलले दावी गरे ।

१७ किलोमिटर क्षमता भएका त्यी ब्रुमरमा ५ सय लिटर क्षमताको ट्याङकी राखिएको छ । ‘म्गभिखय ६००० मोडल’ को यी ब्रुमर काठमाडौंका अधिकांश बाटोमा प्रयोग गर्न योग्य रहेको प्रवक्ता डंगोलले बताए ।

ब्रुमर सञ्चालन तथा चालकको व्यवस्था कम्पनीले नै गरेकाले सञ्चालनमा केही समस्या नआउने महानगरले जनाएको छ ।

महानगरपालिकाले यसअघि सडक विभागसँग सहकार्य गरि बु्रमरको प्रयोग गर्ने गरेको थियो । अन्य विभागसँगको सहकार्यमै भएपनि धूलो नियन्त्रण गर्ने कोसिस गरेको बताउँदै डंगोल भन्छन्, ‘अब भने पाँच ब्रुमरले काठमाडौं सडक सफा र धूलोरहित बन्ने छन् ।’

ब्रुमर आइसकेपनि हालसम्म कुन–कुन रुटमा सञ्चालन गर्ने भन्ने निर्णय भने हुन सकेको छैन ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  १२ : ४६ बजे

एकल अंकले घट्यो नेप्से, हाइड्रो र लगानी समूहमा हरियाली

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.९९ अंकले घटेको छ

भृकुटीमण्डपमा देशैभरको मह (तस्बिरहरू) 

काठमाडौं– आत्मनिर्भर मौरी व्यवसाय, सक्षम, समृद्ध महासंघ, ‘नेपाली मौरीजन्य उपजको संसारभर

पतञ्जलिलाई बारामा ५ सय बिघा जग्गा दिने महेश बस्नेतको त्यो आश्वासन…

काठमाडौं– एमालेका युवा नेता महेश बस्नेत ०७१ सालमा उद्योगमन्त्री बनेका

जनकपुरमा देउवाले भने- गृहमन्त्रीले राजीनामा दिँदैनन्, राजावादीको आन्दोलन तुहिसक्यो

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सत्तागठबन्धनमा कुनै

गाजामा युद्धविरामको संयुक्त राष्ट्र सुरक्षा परिषद्को मागमा अमेरिकाद्वारा भिटो

एजेनसी – संयुक्त राज्य अमेरिकाले बुधबार सुरक्षा परिषद्को मस्यौदा प्रस्तावलाई