विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन « Khabarhub

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेपछि पार्टी नेता प्रदीप ज्ञवालीले प्रक्रिया र न्यायिक अभ्यासबारे टिप्पणी गरेका छन्।

उनले राज्यका संवैधानिक तथा कानुनी अधिकारप्राप्त निकायहरूले गर्ने अनुसन्धानमा सहयोग गर्नु र कानुनअनुसार प्रश्नहरूको सामना गर्नु आफ्नो पार्टीको स्थापित मान्यता भएको बताएका छन्।

‘राज्यका संवैधानिक र कानुनी अख्तियारप्राप्त निकायले चाहेको अनुसन्धानमा सहयोग गर्ने, आफूमाथि उठेका प्रश्नको कानुनसम्मत सामना गर्ने र न्यायालयको फैसलालाई सहज ढङ्गले स्वीकार गर्ने नेकपा (एमाले) को स्थापित मान्यता हो,’ उनले भने।

ज्ञवालीले अनुसन्धान प्रक्रिया निष्पक्ष र चरणबद्ध हुनुपर्नेमा जोड दिँदै पहिले गहिरो अनुसन्धान र त्यसपछि मात्र अभियोजन तथा अदालतको प्रक्रियामा जानुपर्ने अभ्यास नै सही हुने बताएका छन्।

‘पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, अभियोजनपछि अदालतको निर्णयका आधारमा अगाडि बढ्ने र अत्यावश्यक अवस्थामा मात्रै नियन्त्रणमा लिने विधि नै अनुसन्धान र न्याय निरूपणको स्थापित विधि हुनु पर्ने हो,’ उनले भने।

उनले पछिल्ला समय पहिले पक्राउ गर्ने र त्यसपछि अनुसन्धान गर्ने प्रवृत्ति देखिएको भन्दै त्यसप्रति प्रश्न उठाएका छन्।

‘तर पहिले गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरु गर्ने शृङ्खला लामो समयदेखि चलिरहेको छ,’ ज्ञवालीले भनेका छन् ।

उनले राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह वा प्रतिशोधबाट प्रेरित हुनु नहुने पनि बताएका छन्।

यसैबीच, पक्राउ परेका एमाले नेता विष्णु प्रसाद पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिएपछि नेपालगञ्जस्थित तालिम केन्द्रमा राखिएको छ। उनलाई भोलि बिहान हवाईमार्ग हुँदै काठमाडौं ल्याउने तयारी भएको छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ८ : ०६ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री