गोली चलाएर भएपनि विप्लवका कार्यकर्तालाई पक्राउ गर्न सरकारको निर्देशन « Khabarhub

गोली चलाएर भएपनि विप्लवका कार्यकर्तालाई पक्राउ गर्न सरकारको निर्देशन


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेत्रबिक्रम चन्द (विप्लव)का कार्यकर्तालाई अवस्थाअनुसार गोली हानेर पनि नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन जारी गरेको छ ।

गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाले जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र लेख्दै अवस्थाअनुसार घुँडामुनि लाग्ने गरी सुरक्षा निकायले गोली चलाउनसक्ने ‘अधिकार’ दिएको हो ।

‘कुनै व्यक्ति हतियारसहित देखिए, शंकास्पद गतिविधि गरिरहेको देखिए नियन्त्रणमा लिन भनिएको छ,’ खबरहबको सम्पर्कमा आएका एकजना प्रमुख जिल्ला अधिकारीले भने, ‘नियन्त्रणमा लिने अवस्थामा सुरक्षाकर्मीमाथि आक्रमण हुने अवस्थामा कम्मरमुनी लाग्नेगरी गोली चलाउन भनिएको छ ।’

ती प्रमुख जिल्ला अधिकारीका अनुसार सुरक्षाकर्मीले विप्लव समूहका कुनै कार्यकर्तालाई शंकास्पद बस्तु र हतियारसहित फेला पारे नियन्त्रणमा लिन गोली चलाउन सक्छन् ।

‘अहिले हामीले कर्ड एन्ड एरेस्ट (घेरा हालेर नियन्त्रणमा) लिने नीति अपनाइरहेका छौं,’ ती प्रमुख जिल्ला अधिकारीले भने, ‘यदि सुरक्षाकर्मीमाथि आक्रमण हुन्छ भने गोली पनि चलाउने आदेश दिइएको छ ।’

प्रहरी कार्यालयमा विप्लवका कार्यकर्ताको सूची

मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि नियन्त्रण लगाउने निर्णय गरेको थियो । सोहीअनुसार प्रहरीले आन्तरिक तयारी थालेको छ ।

प्रहरीले विप्लवका कार्यकर्ताको सूची तयारपारी उनीहरुको ‘अवस्था’बारे अध्ययन गरिरहेको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले खबरहबलाई जानकारी दिए ।

‘अहिले हामीले विप्लव समूहका नेता–कार्यकर्ताको सूची तयार पारेर अध्ययन गरिरहेका छौं,’ एसएसपी सुवेदीले भने, ‘यस्तो सूची हरेक जिल्ला प्रहरी कार्यालयले तयार पारेको हुन्छ ।’

एसएसपी सुवेदीका अनुसार जिल्ला प्रहरी कार्यालयको सूचीमा नाम भएका कार्यकर्ताको वर्तमान अवस्था समेत अध्ययन हुन्छ । ‘कुन कार्यकर्ता अहिले सक्रिय र कुन निष्क्रिय छन् भनेर पनि अध्ययन भइरहेको छ,’ एसएसपी सुवेदीले भने, ‘निष्क्रिय रहेका कार्यकर्तामाथि निगरानी मात्रै गर्ने हो । सक्रिय रहेर शान्ति–सुरक्षामा बाधा पुर्‍याउने किसिमका गतिविधि गर्नेलाई नियन्त्रणमा लिने नीति छ ।’

पहाडी जिल्लामा ‘खोजेर पक्राउ गर’ अभियान

प्रहरीले विप्लव समूहको सक्रियताअनुसार भौगोलिक रुपमा जिल्लाहरुलाई ‘वर्गीकरण’ समेत गरेको छ ।

कर्णाली प्रदेशका ६, सुदूरपश्चिमका २, गण्डकीका २, प्रदेश नम्बर ५ का २, ३ नम्बर प्रदेशका २ र १ नम्बर प्रदेशका ३ जिल्लालाई विप्लव समूहको सक्रियताका अधारमा ‘क’ वर्गमा राखिएको छ । त्यस्ता जिल्लामा विप्लव समूहका केन्द्रीय नेतादेखि कार्यकर्ताहरुको बढी सक्रियता रहेको प्रहरी स्रोतले खबरहबलाई जानकारी दियो ।

‘क’ बर्गमा रहेको जिल्लाहरुमा प्रहरीले अहिले ‘खोजेर पक्राउ गर’ (सर्च एण्ड एरेस्ट) अभियान शुरु गरिसकेको छ । यो अभियानका सञ्चालन भएका जिल्लामा प्रहरी प्रधान कार्यालयसँगको समन्वयमा विप्लव समूहका नेता–कार्यकर्ताको खोजी भइरहेको प्रहरी स्रोत जनाउँछ ।

सर्च एण्ड एरेस्ट अभियानका क्रममा प्रहरीहरु हतियारसहित परिचालन हुन्छन् । खोजीका क्रममा विप्लव समूहका कार्यकर्ता हतियारसहित फेला परे तथा कुनै शंकास्पद गतिविधिमा संलग्न रहेको पाइए नियन्त्रणमा लिन गोली चलाउने अधिकार समेत प्रहरीलाई दिइएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  २ : ४९ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको