यसकारण जुट्यो दुई निर्माता संघबीच सहमति « Khabarhub

यसकारण जुट्यो दुई निर्माता संघबीच सहमति


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चलचित्र निर्माताहरुका दुई संघबीच एकता भएको छ । आकाश अधिकारी नेतृत्वको चलचित्र निर्माता संघ र नवल खड्का नेतृत्वको चलचित्र निर्माता संघ, नेपालबीच बिहीबार सहमति जुटेको हो ।

निर्माताहरुका हितका लागि गठन भएका दुई संघका मुद्दा एउटै दुई संघबीच सहमति जुटेको चलचित्र निर्माता संघ, नेपालका अध्यक्ष रहेका नवल खड्काले बताए । दुई संघबीच ९ बुँदे सहमति भएको छ ।

‘निर्मातालाई गाह्रो भयो भने हामी मिलौँ भनेर सहमति गरेका हौँ, मैले नै निर्माताका हितका लागि एकता गरौँ भनेर प्रस्ताव लगेको हुँ ।’, निर्माता खड्काले भने ।

दुई संघबीचको सहमति अनुसार खड्काले नेतृत्व गरेको संघको अस्तित्व अब रहने छैन ।

नवल खड्काका अनुसार राष्ट्रिय चलचित्र नीति, बक्स अफिस लागू, विदेशी चलचित्रलाई कोटामा चलाउने लगायतका विषयमा सहमति जुटेपछि दुई संघको एकता भएको हो । विगतमा भएको आर्थिक अनियमिताबारे पनि कुरा मिलेपछि सहमति जुटेको खड्काले बताए ।

‘मैले निर्माताको हितका लागि पद चाहिँदैन भनेर भनेँ, साधारण सदस्य रहेर पनि निर्माताको हितमा काम गर्दैछु ।’, निर्माता खड्काले भने ।

नवल खड्काले वि.सं. २०७३ मा चलचित्र निर्माता संघलाई आर्थिक हिनामिना लगाउँदै नयाँ संघ दर्ता गरेका थिए ।

यस्ता छन् सहमतिका बुँदा:

१. यस सहमति मार्फत नेपाल चलचित्र निर्माता संघ र चलचित्र निर्माता संघ नेपालबीच ऐतिहासिक एकीकरण सम्पन्न भएको छ । यसलाई आजकै मितिदेखि लागू हुनेगरी बैधानिक्ता प्रदान गरिएको छ ।

२. नेपाल चलचित्र निर्माता संघको मिति २०७५ साल चैत्र २ गते शनिवार सम्पन्न हुने १५औं वार्षिक साधारण सभा अगावै चलचित्र निर्माता संघ नेपालको दर्ता खारेजी गरिने छ ।

३. चलचित्र निर्माता संघ नेपालले तोेकेको ३ जना व्यक्तिलाई नेपाल चलचित्र निर्माता संघको विधान अनुसार कार्यसमिति सदस्य पदमा मनोनीत गरिने छ ।साथै, चलचित्र निर्माता संघ नेपालले तोकेको अर्को २ जना व्यक्तिलाई नेपाल चलचित्र निर्माता संघ विधान अनुसार वरिष्ठ उपाध्यक्ष सहित १ उपाध्यक्ष पदमा मनोनीत गरिने छ ।

४. राष्ट्रिय चलचित्र नीति २०७१ लाई कार्यान्वयन गराउनका लागि प्रतिवद्ध भई पहल गरिनेछ ।

५. बक्स अफिस कार्यान्वयनमा जोड दिइने छ ।

६. चलचित्र निर्माताले सिनेमा भवनबाट ६०% शेयर पाउने वातावरण तयार पार्न पहल गर्ने ।

७. चलचित्र निर्माताहरूले भुक्तानी गर्दै आएको सर्वर शुल्क शत प्रतिशत मिनाहा गराउन उचित पहलीकदम चाल्ने ।

८. आजको मितिबाट सम्पूर्ण कामकारवाही नेपाल चलचित्र निर्माता संघको छातामुनी रहने गरी सम्पूर्ण निर्माताहरूलाई गोलबन्द गरिने छ ।

९. नेपाल चलचित्र निर्माता संघको विधानमा भएको व्यवस्थालाई समयानुकूल संशोधन गरिने छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ३ : २५ बजे

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा

सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा

फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु

गण्डकी– पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको  आधारभूत तहमा अध्ययनरत

औषधिको ‘प्रमोसन’ गर्नेलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध

काठमाडौं– वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित