नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा राखिएको केट्ली बम नेपाली सेना द्वारा निष्क्रिय « Khabarhub

नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा राखिएको केट्ली बम नेपाली सेना द्वारा निष्क्रिय


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके–  विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा राखिएको केट्ली बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

बिहानै चोकमा बम राखिएको खबर पाएलगत्तै घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिष्पोजल टोलीले बम निष्क्रिय पारेको हो । बम राखेको सूचना पाउने बित्तिकै घटनास्थलमा पुगेको प्रहरीले नेपाली सेनालाई जानकारी गराएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाएको उनले जानकारी दिए ।

बम राखेको हल्लाले विभिन्न स्थानमा जानका लागि विमानस्थल पुगेका यात्रु, राँझा चोकलगायत आसपासका क्षेत्रमा त्रास फैलिएको थियो । बन्दका कारण बाँकेमा शिक्षण संस्था बन्द रहेका छन् भने लामो दूरीका सवारीसाधन चलेका छैनन् ।

नेपालगञ्जमा छोटो दूरीका सवारीसाधन र पसल व्यवसाय आंशिकरुपमा खुलेका छन् । सरकारले दुई दिनअघि घोषितरुपमै विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि बम विष्फोटका घटनामा वृद्धि भइरहेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ३ : ०३ बजे

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई