सरकारले विप्लवलाई भन्यो– अडान छोड्नुस् ‘रेड कार्पेट’मा स्वागत गर्छौं « Khabarhub

सरकारले विप्लवलाई भन्यो– अडान छोड्नुस् ‘रेड कार्पेट’मा स्वागत गर्छौं


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विप्लव नेतृत्वको नेकपालाई अडान छाडेर सहमतिमा आउने भए रेड कार्पेटमा स्वागत गर्ने बताएका छन् ।

मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा मन्त्री बाँस्कोटाले बारुदको गन्ध चलेको कसैले हेर्न नचाहाने भन्दै विप्लव समूहलाई वार्तामा आउन आग्रह गरे ।

‘बारुदको गन्द चलेको कोही पनि हेर्न चाहँदैन । कर्कस, चित्कार, हिंसा, ज्यादति, अशान्ति कसैले सहन सक्दैन,’ उनले भने ‘अहिले पनि विप्लव समूहलाई निषेध गर्ने भन्ने होइन । आउनुहोस् रातो कार्पेट ओछ्याएरै स्वागत गर्न तयार छौं । तर उहाँका अडानले त्यो अवस्था देखाउँदैन । शान्ति, स्थिरता चाहिन्छ भने सवै सहनुपर्छ ।’

उनले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले आफ्नो दायित्व, जिम्मेवारी र कर्तव्य निर्वाह गरेको बताए ।  त्यस्तै, सैन्य दस्ता र क्षमताका विषयमा सुरक्षा निकायले अनुमान गरिरहेको बताए । विप्लवमाथि प्रतिबन्ध लगाउने विषयमा सत्तारुढ दलभित्र सल्लाह नभएको भन्ने विषयमा छलफल जारी रहेको र राजनीति भनेकै निरन्तर प्रक्रिया रहेको बताए ।

त्यस्तै, विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्धका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ठिकै भो भनिसके अवस्थामा अन्य दलहरुले आ–आफ्नै धारणा राख्नु स्वभाविक भएको मन्त्री बास्कोटाले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ५ : ०० बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी