‘जानी नजानी’ की नायिका भन्छिन् – म त सुपरस्टार राजेश ‘अंकल’ की फ्यान « Khabarhub

‘जानी नजानी’ की नायिका भन्छिन् – म त सुपरस्टार राजेश ‘अंकल’ की फ्यान


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भोलि शुक्रबार अर्थात् चैत्र १ गतेदेखि नेपालभर फिल्म ‘जानी नजानी’ रिलिज हुँदैछ । फिल्ममा मनिष श्रेष्ठ, निरिषा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ लगायतका कलाकारको शीर्ष भूमिका छ ।

पृथक शैलीको लभस्टोरी फिल्म ‘जानी नजानी’ बाट अग्रज कलाकार विश्व बस्नेतकी छोरी निरिषा बस्नेतले डेब्यु गर्दैछिन् । आफ्ना बुबाको अभिनय हेरेर यो क्षेत्रमा आउने रहर सँगालेकी निरिषा सानोमा महानायक राजेश हमालका फिल्म पनि उत्तिकै हेर्ने गरेको बताउँछिन् ।

त्यसो त उनले पुराना कलाकारहरुलाई अहिले पनि ‘अंकल’ भन्ने गर्छिन् । आफ्ना बुबाको अभिनयले यो क्षेत्रमा पाइला चाल्न प्रेरित गरेको बताउने निरिषालाई कहिलेकाहीँ लाग्छ, बुबालाई फिल्म क्षेत्रले जति सम्मान दिनुपर्ने हो । त्यति दिएको छैन ।

बुबाका समकालीन साथीहरु भएकाले पनि पुराना पुस्ताका कलाकार उनका लागि अंकल, आन्टी हुन् ।

तस्वीर – आर्यन बिमली

भारतको एक टेलिसिरियलमा अभिनय गरेर नेपाल फर्केकी निरिषा बलिउडको तुलनामा नेपालमा प्राविधिक रुपमा केही गाह्रो भए पनि नेपालमा पनि स्तरीय फिल्म बनाउन निर्माण टिमले गर्ने मेहनत सह्रानीय भएको बताउँछिन् ।

निरिषा कसकी फ्यान होलिन् त ?

उनी भन्छिन्, ‘डेफिनेट्ली सुपरस्टार राजेश हमालको नि !’

राजेश हमालको व्यक्तित्वले पनि आफूलाई उहाँप्रति सम्मान बढाएको निरिषा बताउँछिन् । यो क्षेत्रमा आएदेखि अहिले पनि दर्शकमाझ उत्तिकै लोकप्रिय भन्छिन् हमाललाई निरिषा ।

भन्छिन्, ‘मेरा लागि मात्र होइन, सबैका लागि उहाँ सुपरस्टार हो, उहाँ धेरै मिहिनेती कलाकार पनि हो, अहिलेसम्म पनि राजेश ‘अंकल’को उत्तिकै चार्म छ ।’

फिल्म ‘जानी नजानी’ मा निरिषाले मीराको भूमिका निभाएकी छिन् । फिल्मको भूमिकाका बारेमा बोल्दै उनी सुनाउँछिन्, ‘आधाजस्तो त मेरो वास्तविक जीवनसँग पनि मिल्छ यो क्यारेक्टर तर फिल्मकी मीरा अझै समझदार केटी हो ।’

फिल्म क्षेत्रमा पहिलो डेब्यु भएकाले यो फिल्मबाट आफू निकै नै आशावादी भएको निरिषा बताउँछिन् ।

फिल्मलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । फिल्मले प्रचारका लागि सार्वजनिक गरेका गीत तथा ट्रेलरका आधारमा फिल्मले ठीकै हाइप बनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ५ : ३३ बजे

विश्वकपमा नपुगेको चीन आर्थिक रूपमा सबैभन्दा ठूलो विजेता बन्दै !

हङकङ- स्पेन र अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि

विश्वकप उपाधि भिडन्तमा ‘१९’ को अनौठो संयोग : पहिलो पटक आमनेसामने हुँदै मेस्सी र यामाल

काठमाडौं- लियोनेल मेस्सी र लामिन यामाललाई एउटा संख्याले अचम्मसँग जोडेको

इरानी आक्रमणमा दुई सैनिक मारिएपछि अमेरिका आक्रोशित, बदला लिएको दाबी

अम्मान- जोर्डनस्थित मुवाफ्फक सल्ती एयरबेसमा गएराति भएको मिसाइल आक्रमणमा दुई

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज

इरानको खुजेस्तानमा ५ म्याग्निच्युडको भूकम्प

तेहरान- इरानको दक्षिणपश्चिमी खुजेस्तान प्रान्तमा आइतबार ५ म्याग्निच्युडको भूकम्प गएको