मसुद अजहरलाई कालोसूचीमा राख्ने प्रस्ताव चीनले रोक्यो « Khabarhub

मसुद अजहरलाई कालोसूचीमा राख्ने प्रस्ताव चीनले रोक्यो


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– पाकिस्तानमा आधारित आतंकवादी समूह जैश ए मोहम्मदका नेता मौलाना मसुद अजहरलाई आतंककारी घोषणा गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को एक समितिमा राखेको प्रस्ताव चीनले रोकेको छ ।

मौलाना मसुद अजहरलाई आतंककारीको कालोसूचीमा राख्न गरेको प्रस्ताव चीनले रोकेको हो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को इस्लामिक स्टेट तथा अल कायदा नाकाबन्दी समितिमा जैश ए माहम्मदका नेता मसुद अजहरलाई नाकाबन्दीको कालोसूचीमा राख्न प्रस्ताव गरिएको थियो ।

अमेरिका, बेलायत र फ्रान्सले मसुद अजहरलाई नाकाबन्दीको कालोसूचीमा राखेर उनको सम्पत्ती रोक्का गर्ने, उनलाई भ्रमणमा प्रतिबन्ध लगाउने तथा उनको हतियार खरिदविक्रीमा प्रतिबन्ध लगाउने बारे नाकाबन्दी समितिमा प्रस्ताव गरेका थिए ।

चीनले सबै पक्षलाई अनुकूल हुने प्रस्तावमात्र स्वीकार गर्ने भन्दै मसुद अजहरलाई नाकाबन्दीको कालोसूचीमा राख्ने प्रस्ताव अस्वीकार गरेको जनाउँदै आएको थियो । भारतले भने चीनको कदमप्रति दुःख व्यक्त गरेको प्रतिक्रिया दिएको छ ।

जैश ए मोहम्मदले गत फेब्रुअरी १४ मा भारत प्रशासित कश्मीरको पुलावामामा भएको आत्मघाती आक्रमणको जिम्मा लिएको थियो । उक्त आक्रमणमा ४० जनाभन्दा धेरै भारतीय अर्धसैनिकको ज्यान गएको थियो ।

त्यस आक्रमणपछि भारतले सुरक्षा परिषद्मा त्यस समूहका नेता मसुद अजहरलाई नाकाबन्दीको कालोसूचीमा राख्न प्रस्ताव गरेको थियो ।
चीनले जैश ए मोहम्मदका नेतालाई नाकाबन्दीको कालोसूचीमा राख्न अस्वीकार गरेको यो चौथो पटक हो ।

मौलाना मसुद अजहर हाल पाकिस्तानमा छन् । भारतले उनी भारतमा हुँदै आएका विभिन्न आतंकवादी आक्रमणमा संलग्न रहेको भन्दै उनलाई कानूनसम्मत कारवाही गर्न पाकिस्तानसमक्ष आग्रह गर्दै आएको छ । तर, उनको राजनीतिक तथा धार्मिक प्रभावका कारण पाकिस्तानले त्यसो गरेको छैन ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ६ : ५४ बजे

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले