मसुद अजहरलाई कालोसूचीमा राख्ने प्रस्ताव चीनले रोक्यो « Khabarhub

मसुद अजहरलाई कालोसूचीमा राख्ने प्रस्ताव चीनले रोक्यो


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– पाकिस्तानमा आधारित आतंकवादी समूह जैश ए मोहम्मदका नेता मौलाना मसुद अजहरलाई आतंककारी घोषणा गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को एक समितिमा राखेको प्रस्ताव चीनले रोकेको छ ।

मौलाना मसुद अजहरलाई आतंककारीको कालोसूचीमा राख्न गरेको प्रस्ताव चीनले रोकेको हो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को इस्लामिक स्टेट तथा अल कायदा नाकाबन्दी समितिमा जैश ए माहम्मदका नेता मसुद अजहरलाई नाकाबन्दीको कालोसूचीमा राख्न प्रस्ताव गरिएको थियो ।

अमेरिका, बेलायत र फ्रान्सले मसुद अजहरलाई नाकाबन्दीको कालोसूचीमा राखेर उनको सम्पत्ती रोक्का गर्ने, उनलाई भ्रमणमा प्रतिबन्ध लगाउने तथा उनको हतियार खरिदविक्रीमा प्रतिबन्ध लगाउने बारे नाकाबन्दी समितिमा प्रस्ताव गरेका थिए ।

चीनले सबै पक्षलाई अनुकूल हुने प्रस्तावमात्र स्वीकार गर्ने भन्दै मसुद अजहरलाई नाकाबन्दीको कालोसूचीमा राख्ने प्रस्ताव अस्वीकार गरेको जनाउँदै आएको थियो । भारतले भने चीनको कदमप्रति दुःख व्यक्त गरेको प्रतिक्रिया दिएको छ ।

जैश ए मोहम्मदले गत फेब्रुअरी १४ मा भारत प्रशासित कश्मीरको पुलावामामा भएको आत्मघाती आक्रमणको जिम्मा लिएको थियो । उक्त आक्रमणमा ४० जनाभन्दा धेरै भारतीय अर्धसैनिकको ज्यान गएको थियो ।

त्यस आक्रमणपछि भारतले सुरक्षा परिषद्मा त्यस समूहका नेता मसुद अजहरलाई नाकाबन्दीको कालोसूचीमा राख्न प्रस्ताव गरेको थियो ।
चीनले जैश ए मोहम्मदका नेतालाई नाकाबन्दीको कालोसूचीमा राख्न अस्वीकार गरेको यो चौथो पटक हो ।

मौलाना मसुद अजहर हाल पाकिस्तानमा छन् । भारतले उनी भारतमा हुँदै आएका विभिन्न आतंकवादी आक्रमणमा संलग्न रहेको भन्दै उनलाई कानूनसम्मत कारवाही गर्न पाकिस्तानसमक्ष आग्रह गर्दै आएको छ । तर, उनको राजनीतिक तथा धार्मिक प्रभावका कारण पाकिस्तानले त्यसो गरेको छैन ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ६ : ५४ बजे

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

काठमाडौं– नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ।

हारजितको अनुमान र मत सर्वेक्षणप्रति निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हारजितको अनुमान

रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै

एजेन्सी– रूस र यूक्रेनबीचको युद्ध नजिकिँदै चार वर्षपछि फेरि अमेरिकाको

प्रसाईँलाई रिहा गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक