न्याम्सको उपकुलपतिमा डिएन शाह, वीर र ट्रमामा पनि निर्देशक नियुक्त « Khabarhub

न्याम्सको उपकुलपतिमा डिएन शाह, वीर र ट्रमामा पनि निर्देशक नियुक्त


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डाक्टर डिएन शाह नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असोजमा छनोट गरी पठाएको तीन जनाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले न्याम्सको उपकुलपतिमा डाक्टर डिएन शाहलाई नियुक्त गर्ने निर्णय गरेका हुन् ।

न्याम्सको उपकुलपतिका लागि आवेदन दिएका २२ जनामध्ये स्वास्थ्य मन्त्रालयले डा डिएन शाह, डा ढुण्डीराज पौडेल र डा अजित रायमाझीको नाम प्रधानमन्त्री कार्यलयमा पठाएको थियो ।

न्याम्सको पदाधिकारी छनोटका लागि स्वास्थ्य मन्त्रालयले पदाधिकारीको नाम पठाएको ६ महिनापछि प्रधानमन्त्री ओलीले न्याम्समा उपकुलपतिको नाम स्वीकृत गरेका हुन् ।

सरकारले न्याम्सको रेक्टरमा अहिलेका निमित्त उपकुलपति डा सुबोध अधिकारी, रजिष्ट्रारमा डा दिलिप शर्मा र डीनमा डा पियुस दाहाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै न्याम्स अन्तर्गत रहेको वीर अस्पताको निर्देशकमा डा केदार सेञ्चुरी र ट्रमा सेन्टरमा डा प्रमोद यावदलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

न्याम्स तथा वीर अस्पताल र ट्रमा सेन्टरमा नियुक्त हुने सबै पदाधिकारीको प्रधानमन्त्री कार्यलयले नियुक्ती पत्र समेत तयार पारीसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासीयाले खबरहबलाई बताए ।

‘न्याम्सको उपकुलपति तथा अन्य पदाधिकारी तथा वीर र ट्रमा सेन्टरको निर्देशक नियुक्तिका लागि स्वास्थ्य मन्त्रालयले असोजमा नै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा सिफरिस पत्र पठाइसकेको थियो,’ चौरासीयाले भने, ‘प्रधानमन्त्रीले आज (बिहीबार) सबै पदमा पदाधिकारी नियुक्त गर्ने पत्रमा हस्ताक्षर गर्नुभएको छ, सबैको नियुक्ति पत्र पनि तयार भइसकेको छ ।’

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ८ : २७ बजे

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा– हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।