नयाँ वर्ष २०७६ शुरु, शुभकामना आदान प्रदान गरी मनाइँदै « Khabarhub

नयाँ वर्ष २०७६ शुरु, शुभकामना आदान प्रदान गरी मनाइँदै


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजबाट नयाँ वर्ष २०७६ प्रारम्भ भएको छ ।

नयाँ वर्ष प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीले एक आपसमा शुभकामना आदनप्रदान गरि नयाँ वर्षको पहिलो दिन उल्लास र उमंगका साथ मनाउँदैछन् ।

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन वैशाख सङ्क्रान्तिलाई वर्षको पहिलो दिनका रुपमा लिने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता–असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन आज नयाँ योजनाको सङ्कल्प गर्दछन् ।

नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवीदेवताको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने प्रचलन रहिआएको छ । यस दिन स्नान र दान गरेमा पुण्य कमाइने धार्मिक विश्वास रहेको छ ।

नयाँ वर्षका अवसरमा बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा रहेको वाग्द्वार ९वागमती नदीको उद्गमस्थल० लगायतका स्थानमा आइतबार विशेष मेला लाग्छ ।

काठमाडौँको उत्तर पश्चिमी भेगस्थित टोखाको खहरे अर्थात् सपन तीर्थमा यस दिन स्नान गरेमा शारीरिक तन्दुरुस्तता प्राप्त हुने जनविश्वास छ । आजको दिन पशुपतिनाथ लगायतका धार्मिक स्थलहरुको दर्शनका लागि मानिसहरु जाने गरेका कारण विहानै देखि मठमन्दीरमा भक्तजनको घुँइचो लागेको छ ।

नयाँ वर्षकै अवसरमा भक्तपुरमा एक साता लामो बिस्केट जात्रा मनाइन्छ । यो जात्रा वैशाख १ गते नै उत्कर्षमा पुग्छ । यसबाहेकका जिल्लामा चैत मसान्तका दिन लिङ्गो ठड्याई वैशाख १ गते ढलाउने गरिन्छ ।

त्यस्तै सिराहामा अवस्थित सलहेस बगैँचामा वर्षमा एक दिन वैशाख १ गते मात्र फुल्ने अचम्मको फूल सलहेसको पूजा र दर्शन गर्न आउने दर्शनार्थीको यस दिन ठूलो भिड लाग्ने गर्दछ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ६ : ५० बजे

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको