प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा « Khabarhub

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको प्रारम्भिक टोली छनोट गरिएको छ । 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले ३३ खेलाडीलाई छनोट गरेर बन्द प्रशिक्षणका लागि बोलाएको बताए। गत माघमा सञ्चालन भएको प्रादेशिक छनोट प्रतियोगिताबाट गरेको प्रदर्शनका आधारमा प्रारम्भिक टोलीको घोषणा गरिएको उनले जानकारी दिए ।  

छनोट हुने खेलाडीमा शेर मल्ल, भोजराज भट्ट, अशोक धामी, हेमन्त धामी, सौर्य श्रेष्ठ, विकास आग्री, किरन ठगुन्ना, टेक रावत, अरुण ऐरी, खडक बोहरा, अभिषेक पाल, प्रकाश पाण्डे, दीपक बोहरा, आयुव चन्द, राहुल भण्डारी, मिलन बोहरा रहेका छन् । यस्तै, नारायण जोशी, आर्यन टमटा, लोकेन्द्र चन्द, वसन्त सिंह कार्की, आर्यन बेचे, आयुश चन्द, अर्जुन विक, राजु रिजाल, सचिन भट्ट, राज विक, सुनिल चन्द, नरेन भट्ट, कैलाश ऐर, वीरेन्द्र बम, हिक्मत महरा, विशाल ऐर र आशिष तिरुवा पनि टोलीमा रहेका छन् ।

छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको र बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शनका आधारमा अन्तिम टोली घोषणा गरिने प्रादेशिक क्रिकेट सङ्घका कोषाध्यक्ष दिनेश सिंहले बताए।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ७ : ४० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल