राज्यकोषको ६६ अर्ब डुब्ने अवस्थामा « Khabarhub

राज्यकोषको ६६ अर्ब डुब्ने अवस्थामा


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारका विभिन्न निकायले गत तीन वर्षमा राज्यकोषबाट ६६ अर्ब रुपैयाँ अनियमित किसिमले खर्च गरेको पाइएको छ । त्यसरी खर्च भएको रकम असुल गर्न महालेखापरीक्षक कार्यालयले निर्देशन दिए पनि अधिकांश निकायले महालेखापरीक्षकको निर्देशलाई अटेर गर्दा सो रकम डुब्ने अवस्थामा पुगेको छ ।

आर्थिक वर्ष २०७२/७३ देखि आव २०७४/७५ सम्मको अवधिमा लेखा उत्तरदायी अधिकृतका रूपमा रहेका सरकारका उच्च प्रशासकले नै सो रकम उठाउन बेवास्ता गरेका हुन् । महालेखापरीक्षक टंकमणि शर्माले सरकारका जिम्मेवार निकायले छिटोभन्दा छिटो सो रकम उठाउन ताकेता गर्नुपर्ने बताए ।

‘सरकारी निकायले संवेदनशील भएर रकम उठाउनुपर्छ, जति ढिला भयो, उति रकम डुब्ने अवस्था रहन्छ,’ महालेखापरीक्षक शर्माले भने । अनियमित रूपमा खर्चने र उठाउन नसक्ने माथि कडा कारबाही हुनुपर्ने शर्माले बताए । महालेखापरीक्षक कार्यालयका अनुसार आव २०७४/७५ मा मात्रै अनियमित किसिमले ३२ अर्ब ३ करोड ५२ लाख रुपैयाँ खर्च भएको छ । सोमध्ये ९ अर्ब ७० करोड रुपैयाँ मात्रै उठेको छ । बाँकी २३ अर्ब बढी रकम उठ्न नसकेको महालेखापरीक्षकको कार्यालयले जानकारी दिएको छ । यस्तै, आव २०७३/७४ मा १८ अर्ब ७० करोड ७९ लाख अनियमित रूपमा खर्च भएकामा १४ अर्ब ९ करोड रुपैयाँ मात्रै उठेको छ । राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ८ : ०४ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७