नयाँ वर्षमा पर्यटकले सौराहा भरिभराउ | Khabarhub Khabarhub

नयाँ वर्षमा पर्यटकले सौराहा भरिभराउ


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा नयाँ वर्ष २०७६ मा पर्यटक भरिभराउ छन् । यहाँ रहेका ११० पर्यटकीय होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

“करीब करीब २५÷३० प्रतिशत बाह्य पर्यटक छन्”, घिमिरेले भने, “अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भएका छन् ।” पछिल्लो समय नेपाली समुदायमा घुम्ने परम्परा बढेका कारण सौराहामा आन्तरिक पर्यटक बढेको घिमिरेको भनाइ छ । बाह्य पर्यटकमा भारतबाट धेरै आएका छन् । अन्य तेस्रो मुलुकका पर्यटक भने न्यून छन् । घिमिरेका अनुसार क्षेत्रीय होटल सङ्घ चितवनअन्तर्गत चितवन, नवलपुर र हेटौंडामा डेढ सय पर्यटकीय होटल छन् । ती सबै होटल नयाँ वर्षमा अग्रिम बुकिङ भएका छन् ।

“नयाँ वर्षमा सौराहा आउने पर्यटक कोठा नपाएर समेत फर्कनुपरेको छ, घिमिरेले भने, अधिकांश होटल अग्रिम बुकिङ हुने भएकाले आन्तरिक पर्यटकले पनि पहिले नै कोठा बुकिङमा ध्यान दिनुपर्छ ।”

सङ्घका सचिव दामोदर रेग्मीले यस वर्ष २० प्रतिशतले आन्तरिक पर्यटक बढेको जानकारी दिए ।

करीब ३५ प्रतिशत वनजङ्गलले ढाकेको नेपाल वाइल्डलाइफ पर्यटनका लागि विश्वकै उत्कृष्ट देश मानिन्छ । नेपालको वाइल्डलाइफमा रमाउनकै लागि वर्षेनी लाखौँ पर्यटक नेपाल भित्रिने गर्छन् । यो सँगै दोब्बर मात्रामा आन्तरिक पर्यटक पनि सौराहा पुगेकै हुन्छन् । नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका लागि नेपालकै उत्कृष्ट गन्तव्य हो । सौराहामा सुविधायुक्त ११० होटलमा दैनिक करीब पाँच हजार ५०० पर्यटक राख्न सकिने क्षमता छ ।

सौराहासँगै पश्चिम चितवनको पर्यटकीय क्षेत्र मेघौली पनि आन्तरिक पर्यटकले भरिएको छ । मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुङ्गा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको गैँडा, बाघलगायत जङ्गली जनावर हेर्न मन पराउँछन् । वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो गन्तव्य हो ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ८ : २९ बजे

विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

काठमाडौं – नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ

माओवादीमा चुलिँदै दुई लाइन संघर्ष, प्रचण्डप्रति सार्वजनिक रुपमै पोखिन थाल्यो असन्तुष्टि

काठमाडौं- नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौं – राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा

जलस्रोत विधेयकमाथिको दफावार छलफल टुङ्ग्याइदै

काठमाडाैं – राष्ट्रियसभाअन्तर्गतका विधायन व्यवस्थापन समितिमा जारी जलस्रोत विधेयक, २०८१

नदीका दुई किनाराजस्तै रेशम र रञ्जिताको सम्बन्ध

काठमाडौं– स्थानीय तह निर्वाचन–०७९ सम्मुखमा दलीय मान्यता पाएको नागरिक उन्मुक्ति