फेसबुकमा समस्या, इन्स्टाग्राम र ह्वाट्सएप पनि चल्न छाडे | Khabarhub Khabarhub

फेसबुकमा समस्या, इन्स्टाग्राम र ह्वाट्सएप पनि चल्न छाडे


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सामाजिक सञ्जालहरु फेसबुकमा समस्या आएको छ । समस्या आएसँगै फेसबुक , इन्सटाग्राम र ह्वाट्सएप चल्न बन्द भएको छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्वका अधिकांश स्थानमा सामाजिक सञ्जाल फेसबुक र फेसबुक कम्पनी अन्तर्गत रहेका ह्वाट्सएप र इन्स्टाग्राम पनि चल्न बन्द भएको हो ।

फेसबुकका साथै म्यासेन्जरमा पनि समस्या आएको छ । डेस्कटप, ल्यापटप र स्मार्टफोनमार्फत् समेत फेसबुकमा समस्या आएको छ ।
सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले ट्विटरमार्फत् फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या आएको भन्दै हजारौँ पोष्ट गरिरहेका छन् ।

त्यसबाहेक अमेरिका, बेलायत, ग्रिस, युक्रेन, फिलिपिन्स, मोरक्कोलगायतका मुलुकमा समेत दूरसञ्चार सेवा प्रदायकहरुसमक्ष फेसबुक डाउन भएको भन्ने दशौँ हजार गुनासो आएको द डेली मिररले जनाएको छ ।

फेसबुक डाउन भएको यो पहिलो पटक भने होइन । यसअघि पनि बेला बेला फेसबुक चल्न बन्द हुने गरेको छ । यद्यपि फेसबुक चल्न बन्द हुनुको कारण भने हालसम्म थाहा हुन नसकेको बताइएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ५ : ३९ बजे

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले