फेसबुकमा समस्या, इन्स्टाग्राम र ह्वाट्सएप पनि चल्न छाडे « Khabarhub

फेसबुकमा समस्या, इन्स्टाग्राम र ह्वाट्सएप पनि चल्न छाडे


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सामाजिक सञ्जालहरु फेसबुकमा समस्या आएको छ । समस्या आएसँगै फेसबुक , इन्सटाग्राम र ह्वाट्सएप चल्न बन्द भएको छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्वका अधिकांश स्थानमा सामाजिक सञ्जाल फेसबुक र फेसबुक कम्पनी अन्तर्गत रहेका ह्वाट्सएप र इन्स्टाग्राम पनि चल्न बन्द भएको हो ।

फेसबुकका साथै म्यासेन्जरमा पनि समस्या आएको छ । डेस्कटप, ल्यापटप र स्मार्टफोनमार्फत् समेत फेसबुकमा समस्या आएको छ ।
सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले ट्विटरमार्फत् फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या आएको भन्दै हजारौँ पोष्ट गरिरहेका छन् ।

त्यसबाहेक अमेरिका, बेलायत, ग्रिस, युक्रेन, फिलिपिन्स, मोरक्कोलगायतका मुलुकमा समेत दूरसञ्चार सेवा प्रदायकहरुसमक्ष फेसबुक डाउन भएको भन्ने दशौँ हजार गुनासो आएको द डेली मिररले जनाएको छ ।

फेसबुक डाउन भएको यो पहिलो पटक भने होइन । यसअघि पनि बेला बेला फेसबुक चल्न बन्द हुने गरेको छ । यद्यपि फेसबुक चल्न बन्द हुनुको कारण भने हालसम्म थाहा हुन नसकेको बताइएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ५ : ३९ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई