आईसीसी यू–१९ विश्वकप एसिया छनोट : मंगलबार मलेसियासँग खेल्दै नेपाल | Khabarhub Khabarhub

आईसीसी यू–१९ विश्वकप एसिया छनोट : मंगलबार मलेसियासँग खेल्दै नेपाल


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यू–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपाली यु—१९ टोली मंगलबार मलेसियाको युवा टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको वायुइमास ओभलमा हुने खेलमा नेपाल आफ्नो दोस्रो जीतको खोजिमा रहनेछ । पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा शनिबार युएईसँग १ रनले पराजित भएको थियो ।

दोस्रो खेलमा हार व्यहोरेको नेपालको विश्वकपमा छनोट हुने सम्भावना कम रहे पनि सोमबार आयोजक मलेसियासँग जीतको खोजिमा छ ।

समूह विजेता मात्रै अर्को वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यु—१९ विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । प्रतियोगितामा बलियो टोलीका रुपमा रहेका नेपाल र युएईबीचको खेल वर्षाले प्रभावीत भएपछि डिएल (डकवर्थ लुइस) मेथडमा धकेलिएको थियो । डिएल मेथडमा नेपाल युएईसँग १ रनले पराजित भएपछि नेपालको शीर्ष स्थानमा रहने सम्भावना कम भएको छ ।

अब विश्वकपमा छनोट हुन नेपालले बाँकी सबै खेल तित्नु पर्नेछ भने युएईले एक खेल गुमाएको खण्डमा नेपालको सम्भावना रहनेछ । अहिले लगातार २ खेल तितेका कुवेत र युएईले समान ४ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् भने नेपाल तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ६ : ०८ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा