आईसीसी यू–१९ विश्वकप एसिया छनोट : मंगलबार मलेसियासँग खेल्दै नेपाल « Khabarhub

आईसीसी यू–१९ विश्वकप एसिया छनोट : मंगलबार मलेसियासँग खेल्दै नेपाल


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यू–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपाली यु—१९ टोली मंगलबार मलेसियाको युवा टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको वायुइमास ओभलमा हुने खेलमा नेपाल आफ्नो दोस्रो जीतको खोजिमा रहनेछ । पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा शनिबार युएईसँग १ रनले पराजित भएको थियो ।

दोस्रो खेलमा हार व्यहोरेको नेपालको विश्वकपमा छनोट हुने सम्भावना कम रहे पनि सोमबार आयोजक मलेसियासँग जीतको खोजिमा छ ।

समूह विजेता मात्रै अर्को वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यु—१९ विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । प्रतियोगितामा बलियो टोलीका रुपमा रहेका नेपाल र युएईबीचको खेल वर्षाले प्रभावीत भएपछि डिएल (डकवर्थ लुइस) मेथडमा धकेलिएको थियो । डिएल मेथडमा नेपाल युएईसँग १ रनले पराजित भएपछि नेपालको शीर्ष स्थानमा रहने सम्भावना कम भएको छ ।

अब विश्वकपमा छनोट हुन नेपालले बाँकी सबै खेल तित्नु पर्नेछ भने युएईले एक खेल गुमाएको खण्डमा नेपालको सम्भावना रहनेछ । अहिले लगातार २ खेल तितेका कुवेत र युएईले समान ४ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् भने नेपाल तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ६ : ०८ बजे

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी