अपराधमा नयाँ शैली भित्रिएको वर्ष, प्रहरीभन्दा अपराधी अनुभवी ! | Khabarhub Khabarhub

अपराधमा नयाँ शैली भित्रिएको वर्ष, प्रहरीभन्दा अपराधी अनुभवी !




काठमाडौं– आपराधिक गतिविधि घटाउन सरकारले सुरक्षा सतर्कता अपनाएको भनियो । प्रहरी परिचालन भयो, तर सुरक्षाका दृष्टिकोणले २०७५ ‘अपराध वर्ष’ जस्तो नै बन्यो ।

सरकारको ‘सतर्कता’का बावजूद पनि २०७५ मा आपराधिक घटना बढे । सुरक्षा निकायका अंगहरुले गरेको अभियान केही हदसम्म प्रभावकारी बने पनि आपराधिक घटनामा भने कमि आएन ।

हत्या, लागूऔषध तस्करी, धम्की, फिरौती, बलात्कारजस्ता घटना पटकपटक दोहोरिए । अपराध नियन्त्रणका लागि प्रहरीले चालेका भनिएका अपरेशन इन्काउन्टरका नाममा ‘मान्छे मार्ने काम’मा मात्रै सीमित बने ।

अपराधको हिसावमा कस्तो रह्यो त वर्ष २०७५ ? यस्ता छन्, मुख्य घटनाहरु,

निर्मला हत्या प्रकरणः देशकै सुरक्षामाथि प्रश्न चिह्न

१० साउन २०७५ मा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भयो ।

घटनापछि दोषीलाई कारबाही हुनुपर्ने मागसहित ठूलो आन्दोलन चर्कियो । आन्दोलनमा प्रहरीले गरेको चर्को दमनका कारण निर्दोष व्यक्तिले ज्यानसमेत गुमाउनु प¥यो ।

घटनालाई थामथुम पार्न प्रहरीले अनेक निर्दोष व्यक्तिलाई अभियुक्त बनायो, यातना दियो । पटक–पटक छानबिन समिति बनाइयो । १८ जना भन्दा बढीको डीएनए परीक्षण भयो ।

प्रहरीले हजारौँ व्यक्तिको मोबाइलको कल डिटेल पनि हे¥यो । तर, अझैसम्म पनि दोषी पक्राउ त परको कुरा दोषीको पहिचान पनि हुन सकेको छैन ।

निर्मला हत्याकाण्डको अध्ययन र अनुसन्धान गर्न गृह मन्त्रालयले भदौ ७ गते सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानविन समिति गठन ग¥यो ।

समितिले प्रतिवेदनसमेत बुझाइसकेको छ । प्रदिवेदनले जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी दिल्लीराज विष्टले प्रमाण नष्ट गराएको भनेपनि बलात्कारी र हत्याराको विषयमा कुनै क्लु नै दिन सकेन ।

प्रहरी इन्काउन्टरः ८ घटनामा ४ जनाको मृत्यु

वर्ष २०७५ प्रहरी इन्काउन्टरका हिसावमा पनि चर्चित बन्यो । वर्षको सुरुवाती दोस्रो महिनाबाट शुरु भएको प्रहरी इन्काउन्टरका घटना निरन्तर दोहोरिरहे । यो वर्ष मात्र ८ वटा इन्काउन्टका घटना घटे । इन्काउन्टरका ती घटनामा ४ जनाको ज्यान गयो, ५ जना घाइते भए । सबैभन्दा बढी इन्काउन्टरका घटना राजधानी काठमाडौं मै भए ।

यस्तो छ इन्टकाउन्टरको शृङ्खला,

– २०७५ माघ ९ गते, सप्तरीमा इन्काउन्टर, मोष्ट वान्टेड दीपेन्द्र जैसवालको मृत्यु
– २०७५ माघ ८ गते, काठमाडौंको नया“ बसपार्कमा इन्काउन्टर, अभिलास तामाङ घाइते
– २०७५ माघ ४ गते, सिराहामा इन्काउन्टर, मोष्ट वान्टेड प्रमोद यादव घाइते
– २०७५ पुस २९ गते, रुपन्देहीमा इन्काउन्टर, केदार साहनीको मृत्यु
– २०७५ मंसिर २१ गते, काठमाडौंको रातोपुलमा इन्काउन्टर, कुख्यात डाँका राजन लिम्बु घाइते
– २०७५ साउन २१ गते, भक्तपुरको घ्याम्पे डा“डामा प्रहरी इन्काउन्टर, १ बालकको अपहरणमा संलग्न रहेको भनिएका २ जनाको मृत्यु
– २०७५ असार ७ गते, काठमाडौंको मुलपानीमा प्रहरी इन्काउन्टरमा कुख्यात लुटेरा खु“डे भनिने अमरबहादुर तामाङ घाइते
– २०७५ जेठ २८ गते, काठमाडौंको शंखमुलमा प्रहरी इन्काउन्टरमा गुन्डा नाइके अशोक लामा घाइते

प्रहरीले गरेका इन्काउन्टरका घटनामा पनि साउन २१ गते भक्तपुरको घ्याम्पे डाँडामा भएको प्रहरी इन्काउन्टरको घटना निकै चर्चित बन्यो । साउन २० गते साँझ काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको २१ गते बिहान शव भेटिएको थियो । अपहरण लगत्तै अपहरणकारीको खोजीमा खटेको प्रहरीले चलाएको गोलीबाट २ जनाको मृत्यु भयो ।

प्रहरीले दोहोरो मुठभेडका क्रममा अपहरणकारीको मृत्यु भएको भनेपनि स्थानीयहरुले २ जनालाई घरबाटै उठाएर जंगलमा लगी गोली हानेको बताए ।

यो इन्काउन्टरको घटनाप्रति प्रहरीमाथि प्रश्न उठेपछि गृहमन्त्री रामबहादुर थापा बादलले संसदको वैठक र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसदीय समितिको वैठकमा जवाफ दिनु परेको थियो ।

पूर्वराजदूतको हत्या रहस्यकै गर्भमा !

भदौ ३ गते राति फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झाको बबरमहलस्थित आफ्नै निवासमा हत्या भयो । हत्याको घटना थाहा पाएलगत्तै अनुसन्धानमा खटिएको प्रहरीले झाको घरमा सुरक्षा गार्डका रुपमा कार्यरत सानुकान्छा तामाङ, मालीको काम गर्ने आइतसिंह तामाङ र जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो । तर, अनुसन्धानबाट उनीहरूले नै हत्या गरेको भन्ने प्रमाण भेटिएन ।

त्यसपछि भने पूर्वराजदूत झाको हत्या प्रकरणमा प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन । हाल महानगरीय अपराध महाशाखा र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हत्याको अनुसन्धान गरिरहेको छ । तर, उनको हत्या कसले र किन गरेको हो ? अहिलेसम्म पत्ता लागेको छैन ।

लिभिङ टुगेदरमा रोमान्सपछिको हत्या

घटना वैशाख २ गतेको हो । काठमाडौंको टोखास्थित धापासी हाइट जाने बाटोमा पर्साका विजय तामाङले आफ्नै लिभिङ टुगेदर पार्टनर पूर्णिमा विकको हत्या गरे ।

हत्याको सूचनापछि प्रहरीले उनलाई उनकै कोठाबाट पक्राउ ग¥यो । विकले प्रहरीमा दिएको बयान अनुसार, पूर्णीमा र उनी पहिले लिभिङ टुगेदरमा थिए । तर, पछि झगडा परेर पूर्णिमा छुट्टिएकी थिइन् । पटक–पटक पूर्णिमालाई आफूसँग आउन आग्रह गर्दा पनि नआएपछि उनले हत्या गरेको प्रहरी समक्ष स्वीकारेका थिए ।

बम आतंक र विप्लव समूहमाथि प्रतिबन्ध

फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा बम विष्फोट हु“दा १ जनाको ज्यान गयो । २ जना घाइते भए । त्यसलगत्तै राजधानीलगायत देशका विभिन्नस्थानमा शृङ्खलाबद्ध बम भेटिए र केही ठाउँमा विष्फोट पनि भए ।

नख्खु घटनाको ठीक २ साता पछि पुनः काठमाडौंको बसुन्धरामा बम विष्फोट भयो । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा भएको बम विष्फोटमा ४ जना घाइते भए । सबै घटनाको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लियो । श्रृखलावद्ध बम विष्फोटका प्रकरणपछि सरकारले विप्लव नेतृत्वको समूहका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय ग¥यो ।

अपराधमा पनि नयाँ प्रविधि

पछिल्ला वर्षहरुमा नयाँनयाँ प्रविधिको प्रयोग गरेर आपराधिक घटना घटाएको पाइएको छ । साइवर क्राइमका घटना यो वर्ष निक्कै बढे । ब्याकमेलिङ, इमेलमा आउने धम्की, कम्प्यूटरको सूचना चोरी, गोपनीयता भंग, एटीएमबाट पैसा चोरीका घटनाले निकै सनसनी नै मच्चायो ।

अघिल्लो वर्षको साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी प्रकरणले यो वर्ष पनि चर्चा बटुल्यो । अघिल्लो वर्ष माघ अन्तिम साता यूएईबाट ल्याइएको भनिएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट तस्करी भएको विषय निक्कै चिर्चित भयो । यो घटनाको छानबिनका क्रममा पूर्वडीआईजी गोविन्द निरौला, महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसीसहित ७ प्रहरी अधिकारी पक्राउ परे । उनीहरू अहिले अदालतबाट छुटिसकेका छन् । अनुसन्धानका क्रममा समितिले विभिन्न स्थानबाट बरामद गरेको रजिष्टरमा ४ सय २१ पटक विभिन्न करिब ३८ क्विन्टल सुन तस्करी भएको खुलासा गरेको थियो ।

बोक्सीको आरोपमा हुने दुव्र्यवहार, दाइजो नपाएको निहु“मा कुटपिट, यौन दुव्र्यवहारलगायत महिला हिंसाका घटना पनि निकै दोहोरिए । यो वर्ष बाल यौनदुराचारका घटना पनि दोहोरिए । गत माघ ५ गते काठमाडौंको कालिमाटीबाट बेलायती नागरिक इयान रोबर्ट कोल बाल यौनदुराचारको आरोपमा पक्राउ परेका थिए । सिआइबीको टोलीबाट पक्राउ परेका ५० वर्षीय बेलायती नागरिक कोलले भारत घर भई काठमाडौं बस्दै आएका १७ वर्षीय युवकको सहयोगमा यौन दुराचारसम्बन्धी क्रियाकलाप गर्दै आएको खुलेको थियो ।

वर्ष २०७५ मा लागुऔषध तस्करी, चोरी, लुटपाट, वन्यजन्तु अपराधका घटना पनि दोहोरिए ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ७ : ०४ बजे

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्,

संसदीय समिति बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौं– संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा