चिबोक अपहरण : ५ वर्षदेखि बेपत्ता छन् ११२ बालिका « Khabarhub

चिबोक अपहरण : ५ वर्षदेखि बेपत्ता छन् ११२ बालिका


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


उत्तर पूर्वी नाइजेरियाको बोर्नो राज्यको चिबोक भन्ने गाउँबाट आतंककारी समूह बोको हरामले अपहरण गरेका स्कूले बालिकाहरु ५ वर्ष पछि पनि फर्केका छैनन् ।

अपहरित बालिकाहरुका आफन्त ५ वर्षदेखि अपहरणमा परेका बालिकाहरु फर्कने आशामा बाटो कुरेर बसिरहेका छन् । त्यस्तै, उनीहरुलाई मुक्त गर्नका लागि आफन्तहरु नियमित रुपमा ९ सय किलोमिटर टाढा राजधानी अबुजाका सुरक्षा निकाय र सरकारी अधिकारीसमक्ष धाइरहेको बताइएको छ ।

अपहरणको घटना भएको बेला अपहरित २ सय ७६ मध्ये ५७ जना बालिकाहरुले उनीहरुलाई लादिएको ट्रकबाट हाम फालेर ज्यान जोगाएका थिए । बाँकी २ सय १९ जना बालिकामध्ये केहीलाई यसअघि रिहा गरिएपनि अझै धेरै बालिकाहरु अज्ञात रहेको बताइन्छ । अपहरणमा परी बोको हरामले बन्धक बनाएकामध्ये १ सय ७ जना फेला परेको वा सम्झौता अनुसार उनीहरुलाई रिहा गरिएपनि बाँकी १ सय १२ जना बालिकाको अवस्था अझै अज्ञात नै छ ।

उनीहरुलाई बोको हरामका लडाकुले यौन दासीको रुपमा राख्ने गरेको र केहीलाई आत्मघाती बम आक्रमण गराउन समेत प्रयोग गर्दै आएको बोको हरामको अपहरणबाट फर्किन सफल बालिकाहरु बताउँछन् ।

५ वर्षअघि भएको घटनाले चिबोक गाउँ अझै पनि भयको अवस्थामा रहेको जनाइएको छ । अपहरणमा परेका बालिकाहरुका आफन्तका लागि उनीहरु फर्केर आउने बाटो कुर्नु निकै नै हृदयविदारक रहने अल जजीराले जनाएको छ ।

अपहरण भएको घटनालगत्तै सामाजिक सञ्जालमा #BringBackOurGirls भन्ने अभियान शुरु भएको थियो । अभियानकर्मीहरु, सेलिब्रेटीहरु र चर्चित व्यक्तिव्यहरुले सामाजिक सञ्जालमा यो अभियानमा साथ दिएका थिए ।

त्यस्तै, अपहरणमा परेका बालिकाहरु रिहा गर्नका लागि विभिन्न दबाबमूलक समूहहरु गठन भएपनि त्यस्ता समूहको आवाज सरकारी निकायहरुले नसुन्ने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हाल भने यस्ता समूहहरु पनि स–सानो हुँदै गएको र उनीहरु त्यति प्रभावकारी बन्न नसकेको बताइन्छ ।

तर, अभियानकर्मीहरुले भने सयौं वर्षसम्म पनि बालिकाहरुलाई रिहा गर्ने अभियान नरोकिने बताउँदै आएका छन् ।

अर्कोतर्फ त्यस क्षेत्रमा बोको हरामको सक्रियतामा पनि कमी आएको छैन । बोको हरामले बोर्नो राज्य र त्यस वरपरका क्षेत्रमा नियमित रुपमा आतंककारी आक्रमणहरु गर्दै आएको छ । आक्रमणका क्रममा हालसम्म दशौँ हजार मानिसहरुको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ७ : २८ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल