चिबोक अपहरण : ५ वर्षदेखि बेपत्ता छन् ११२ बालिका | Khabarhub Khabarhub

चिबोक अपहरण : ५ वर्षदेखि बेपत्ता छन् ११२ बालिका


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


उत्तर पूर्वी नाइजेरियाको बोर्नो राज्यको चिबोक भन्ने गाउँबाट आतंककारी समूह बोको हरामले अपहरण गरेका स्कूले बालिकाहरु ५ वर्ष पछि पनि फर्केका छैनन् ।

अपहरित बालिकाहरुका आफन्त ५ वर्षदेखि अपहरणमा परेका बालिकाहरु फर्कने आशामा बाटो कुरेर बसिरहेका छन् । त्यस्तै, उनीहरुलाई मुक्त गर्नका लागि आफन्तहरु नियमित रुपमा ९ सय किलोमिटर टाढा राजधानी अबुजाका सुरक्षा निकाय र सरकारी अधिकारीसमक्ष धाइरहेको बताइएको छ ।

अपहरणको घटना भएको बेला अपहरित २ सय ७६ मध्ये ५७ जना बालिकाहरुले उनीहरुलाई लादिएको ट्रकबाट हाम फालेर ज्यान जोगाएका थिए । बाँकी २ सय १९ जना बालिकामध्ये केहीलाई यसअघि रिहा गरिएपनि अझै धेरै बालिकाहरु अज्ञात रहेको बताइन्छ । अपहरणमा परी बोको हरामले बन्धक बनाएकामध्ये १ सय ७ जना फेला परेको वा सम्झौता अनुसार उनीहरुलाई रिहा गरिएपनि बाँकी १ सय १२ जना बालिकाको अवस्था अझै अज्ञात नै छ ।

उनीहरुलाई बोको हरामका लडाकुले यौन दासीको रुपमा राख्ने गरेको र केहीलाई आत्मघाती बम आक्रमण गराउन समेत प्रयोग गर्दै आएको बोको हरामको अपहरणबाट फर्किन सफल बालिकाहरु बताउँछन् ।

५ वर्षअघि भएको घटनाले चिबोक गाउँ अझै पनि भयको अवस्थामा रहेको जनाइएको छ । अपहरणमा परेका बालिकाहरुका आफन्तका लागि उनीहरु फर्केर आउने बाटो कुर्नु निकै नै हृदयविदारक रहने अल जजीराले जनाएको छ ।

अपहरण भएको घटनालगत्तै सामाजिक सञ्जालमा #BringBackOurGirls भन्ने अभियान शुरु भएको थियो । अभियानकर्मीहरु, सेलिब्रेटीहरु र चर्चित व्यक्तिव्यहरुले सामाजिक सञ्जालमा यो अभियानमा साथ दिएका थिए ।

त्यस्तै, अपहरणमा परेका बालिकाहरु रिहा गर्नका लागि विभिन्न दबाबमूलक समूहहरु गठन भएपनि त्यस्ता समूहको आवाज सरकारी निकायहरुले नसुन्ने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हाल भने यस्ता समूहहरु पनि स–सानो हुँदै गएको र उनीहरु त्यति प्रभावकारी बन्न नसकेको बताइन्छ ।

तर, अभियानकर्मीहरुले भने सयौं वर्षसम्म पनि बालिकाहरुलाई रिहा गर्ने अभियान नरोकिने बताउँदै आएका छन् ।

अर्कोतर्फ त्यस क्षेत्रमा बोको हरामको सक्रियतामा पनि कमी आएको छैन । बोको हरामले बोर्नो राज्य र त्यस वरपरका क्षेत्रमा नियमित रुपमा आतंककारी आक्रमणहरु गर्दै आएको छ । आक्रमणका क्रममा हालसम्म दशौँ हजार मानिसहरुको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ७ : २८ बजे

निजी क्षेत्रले प्रसारणलाइन निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ : अध्यक्ष कार्की

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले

लगानी सम्मेलन : चिनियाँ कम्पनी सिमेनले नेपालमै ईभी बनाउन ३ अर्ब लगानी गर्ने

काठमाडौं – विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल) को आकर्षक बजार बनिरहेको

बझाङमा बाजी मारेका दमन, जसले भत्काए कांग्रेसको विरासत

काठमाडौं- बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार

नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगंज– नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध