१२ नेपाली युवती केन्यामा पक्राउ « Khabarhub

१२ नेपाली युवती केन्यामा पक्राउ


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोम्बासा– केन्याको एक बारमा प्रहरीले छापा मारी १२ नेपाली युवतीलाई नियन्त्रणमा लिएको छ । केन्याको दोश्रो ठूलो शहर मोम्बासाको न्याली क्षेत्रमा रहेको रङ्गीला बारमा छापा मारी १२ नेपाली युवतीलाई नियन्त्रणमा लिइएको प्रहरीलाई उद्धृत गर्दै केन्याको द नेशन अखबारले जनाएको छ ।

प्रहरीले निकै लामो अनुसन्धानपछि गैरकानूनी यौन धन्दा तथा मानव तस्करी गर्ने गिरोहलाई लक्षित गरी कारवाही गरेको र कारवाही सफल भएको जनाएको छ । पक्राउ पर्ने नेपाली युवतीहरु तान्जानियासँग सीमा जोडिएको लुङ्गा–लुङ्गा नाकाबाट केन्यातर्फ तस्करी गरिएको प्रहरीको भनाइ छ ।

तर, उनीहरु मानव तस्करको फन्दामा परेर कसरी नेपालबाट केन्यासम्म आइपुगे भन्ने विषयमा अझै अनुसन्धान बाँकी नै रहेको जनाइएको छ ।

प्रहरीले बारका सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने बारका सञ्चालकको क्यानाडाको राहदानी रहेको भएपनि उनी क्यानेडियन नभएको प्रहरीले जनाएको छ । उनले कसरी क्यानाडाको नक्कली राहदानी प्राप्त गरे भन्ने विषयमा अनुसन्धान शुरु गरिएको जनाएको छ ।

केन्याको प्रहरीले यौन धन्दा तथा मावन तस्कर गिरोहलाई लक्षित गरी आगामी दिनमा अझै वृहदस्तरमा कारवाही थालिने जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ८ : २२ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२