आन्तरिक कारणले कांग्रेस धरासायी | Khabarhub Khabarhub

आन्तरिक कारणले कांग्रेस धरासायी


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेस आफैभित्र तिक्तता रहेका कारण पार्टी धरासायी भएको बताएका छन् ।

काभ्रेपलाञ्चोकको बनेपामा आयोजित नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेसको नीति उत्तम र कार्यकर्ता समक्ष रहेपनि आन्तरिक तिक्तताका कारण पार्टी धरासायी भएको बताए । उनले पार्टी एकजुट भए काङग्रेसलाई कसैले हराउन नसक्ने टिप्पणी गरे ।

बिपी कोइरालाले एकताको सन्देश दिए पनि त्यसलाई जोगाउन नसकेको उल्लेख गर्दै कोइरालाले नयाँ वर्षमा एकजुटकाे कामना गरे । उनले प्रधानमन्त्रीले सम्पूर्ण अधिकार हातमा लिन खोजिरहेको आरोप समेत लगाए ।

सञ्चारमाध्यममा हस्तक्षेप, न्यायालयमा कब्जा र सेनालाई अधिनमा राख्न खोजिरहेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाले समृद्ध राष्ट्र निर्माण हुन नसक्ने महामन्त्री कोइरालाको भनाइ थियो । हरेक ठाउँमा हस्तक्षेप गरिरहेको अवस्थामा कांग्रेस भने आफ्नै कारणले अजिङ्गरले खाइरहेको अवस्थामा भ्यागुतो भएर जिब्रो निकालेर फट्याङ्ग्रा मार्न खोजिरहेको जस्तो अवस्थामा भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १० : १४ बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।