असान्ज विरुद्धको यौन दुर्व्यवहार अभियोग पुनः अघि बढाइने : उपनिर्देशक पेर्सन « Khabarhub

असान्ज विरुद्धको यौन दुर्व्यवहार अभियोग पुनः अघि बढाइने : उपनिर्देशक पेर्सन


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वीडेन– स्वीडेनले गोप्य दस्तावेज सार्वजनिक गरेर तहल्का मच्चाएको वेबसाइट विकिलिक्सका संस्थापक जुलियन असान्जमाथि लागेको यौन दुर्व्यवहारको अभियोग पुनः अघि बढाउने भएको छ ।

स्वीडेनको सार्वजनिक अभियोजनकर्ताको कार्यालयकी उपनिर्देशक एभा मरि पेर्सनले असान्जविरुद्धको अभियोग पुनः अघि बढाइने जनाएकी हुन् । यसअघि बेलायतको राजधानी लण्डनमा रहेको इक्वेडोरको राजदूतावासमा शरण लिएर बसेपछि स्वीडेनले उनीविरुद्धको अभियोग फिर्ता गरेको थियो ।

तर, अब उनी दूतावासबाट बाहिर निस्किसकेपछि उनीविरुद्धको कानूनी कारवाही अघि बढाउन मिल्ने जनाइएको छ । उनलाई अघिल्लो महिना इक्वेडोरले शरण फिर्ता लिएपछि पक्राउ गरिएको छ ।

जमानत म्याद उल्लङ्घन गरेको अभियोगमा दोषी पाइएपछि उनी हाल लण्डनको बेलमार्श जेलमा ५० साताको सजाय काटिरहेका छन् । उनलाई स्वीडेनमा सन् २०१० यता यौन दूराचारको अभियोग लाग्र्दै आएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ९ : ४१ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको