अन्तरजातीय बिहेपछि मुसहर समुदायले पानी पाएन « Khabarhub

अन्तरजातीय बिहेपछि मुसहर समुदायले पानी पाएन


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोरङ बूढीगंगा गाउँपालिका २, सख्मा टोलमा ऋषिदेव (मुसहर) समुदाय र थापा परिवारबीच सुमधुर सम्बन्ध थियो । घरमा आउजाउ चल्थ्यो । समस्या पर्दा एकअर्कालाई सहयोग गर्थे । एक महिनायता भने ठीक उल्टो छ । आपसमा दुस्मनी छ । झडप भएको छ । यसको कारक हो, सनी ऋषिदेव र सिर्जना थापामगरले भागी बिहे गर्नु ।

सनी र सिर्जनाबीच प्रेमसम्बन्ध रहेको हल्ला पहिलेदेखि नै थियो । एसईई परीक्षा सकिएकै दिन चैत १८ मा दुवैले गाउँ छाडे, सम्पर्कविहीन भए । लगत्तै थापा परिवारले छोरी फिर्ता ल्याउन भन्दै धम्क्याउन थाल्यो ।

थापा परिवारले ऋषिदेव बस्तीमा रहेको खानेपानीको सामूहिक टयुबवेल उखेलेर फालिदियो । नयाँ टयुबवेल नगाड्न पनि धम्क्याइयो । अहिले ऋषिदेव समुदाय पिउने पानीका लागि गुहार माग्दै हिँडिरहेका छन् । कुटपिट गर्ने र धाकधम्की दिने क्रम नरोकिएपछि सनीका बाबु ठाकुर र आमा सुगावती ऋषिदेवले घर छाडेका छन् । छोरा खोज्न भनेर उनीहरू हिँडेपछि घर खाली छ ।

थापा परिवारको निजी जमिनमा लगभग १० घर ऋषिदेव समुदायको छाप्रा छन् । उनीहरूका थुप्रै पुस्ता त्यहीँ बसेका थिए । त्यहाँ सनीका आफन्तका चार घर छन् । धेरै वर्षपहिले वडा समितिले गाडिदिएको सार्वजनिक टयुबवेलबाट उनीहरूले पानी पिउँदै आएका थिए । सनी र सिर्जनाको बिहेलाई बहाना बनाएर आफूहरूलाई विस्थापन गर्न खोजिएको मुसहर परिवारको गुनासो छ ।

मुसहर समुदायले अर्को बस्तीबाट पानी ल्याउने गरेकामा त्यहाँ पनि टयुबवेल बिग्रिएको छ । ‘अर्को टयुबवेल गाडा फेरि थापा परिवारका सदस्यले उखेलिदिए । अहिले खानेपानीका लागि हामीले धेरै दुःख पाउनुपरेको छ,’ स्थानीय खकरी ऋषिदेवले भनेको कान्तिपुर दैनिकमा खबर छ ।

सहकारीको अर्को ठगी शीर्षकको समाचारमा बचतकर्ताको २४ करोडभन्दा धेरै रकम कुम्ल्याएर बूढानीलकण्ठको नयाँ सन्देश बचत तथा ऋण सहकारी लिमिटेडका मुख्य सञ्चालक फरार भएका छन्।

साढे २१ प्रतिशत ब्याज पाइने प्रलोभन देखाएर सहकारीले सय दिने मुद्दती योजना ल्याएपछि बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ र ५ लगायत वडाका बासिन्दाले करोडौं रुपैयाँ निक्षेप गरेका थिए। पीडितहरूका अनुसार कम्तीमा २ हजार जनाको रकम फसेको छ।

सहकारीका सञ्चालकले ब्याज त परै जाओस् साँवासमेत फिर्ता दिन आलटाल गरेपछि निक्षेपकर्ताहरू रकम फिर्ताका लागि दौडधुपमा थिए। गत पुस १५ मा वडा नम्बर ५ का अध्यक्ष विजयकुमार तामाङ, सहकारीका अध्यक्ष सानु ठकुरी, उपाध्यक्ष राजकुमार ठकुरी र पीडितबीच बूढानीलकण्ठस्थित प्रहरी इकाईमा छलफलसमेत भएको थियो।

वडाध्यक्ष तामाङका अनुसार उक्त छलफलमा सहकारीले ४५ दिनभित्र सबै निक्षेपकर्ताको रकम फिर्ता गर्ने सम्झौता गरेको थियो। कागजी भाका सकिएपछि पनि सहकारी सञ्चालकहरू सम्पर्कमा नआएपछि पीडितहरूले सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिएका छन्।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ७ : २५ बजे

युवा मतदाताको रोजाइ : सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन– चितवनको गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ