वैदेशिक रोजगारीले परिवार त विघटन गर्छनै, समाज नै विघटन हुने खतरा छ : प्रचण्ड « Khabarhub

वैदेशिक रोजगारीले परिवार त विघटन गर्छनै, समाज नै विघटन हुने खतरा छ : प्रचण्ड


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीले देशमा आम्दानीभन्दा बढी समस्या सिर्जना गरेको बताएका छन् । अर्न्तराष्ट्रिय प्रांगारिक कृषि सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले देशको स्रोत साधनको अधिकतम प्रयोग गर्दै नेपाली युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘नेपाली युवा कामकै लागि विदेश जाँदा सबैभन्दा ठूलो क्षति राष्ट्रले बेहोरेको छ । हामी विदेशिएका युवाले ल्याएको रेमिट्यान्सको मात्र हिसाब किताब गरिरहेका छौं । त्यो भन्दा ठूलो समस्या परिवार विघटनको छ । यसबारे सोचेका छैनौं ।’

युवा पुस्ता विदेश जाँदा परिवारमा आएको विचलनका घटना बढेको भन्दै उनले यो समस्या अहिले परिवारभित्र भएपनि आगामी दिनमा समाजमा बढ्दै देशमै ठूलो समस्याका रुपमा देखा पर्ने बताए ।

उनले अहिलेको आवश्यकता कृषि रहेको भन्दै कृषि क्षेत्रमा सुधार गरेर अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १२ : १५ बजे

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

खोटाङ– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन

प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द

लन्डन- बेलायतको हवाई यातायात व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान

माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम

बागलुङ– बागलुङका उत्पादनयोग्य माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ। कृषि

भोटेकोशी बाढी : एक हजार ३६७ शव भेटिए

काठमाडौं– रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार ३६७