‘कबड्डी ३’ मा काम गर्न पाउँदा उपासना मख्ख ! « Khabarhub

‘कबड्डी ३’ मा काम गर्न पाउँदा उपासना मख्ख !


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तस्वीर – आर्यन बिमली

मुम्बई – एउटै फिल्मबाट चर्चामा आउने नायिकाहरुको सूची खासै ठूलो छैन । गत वर्ष सिनेमा उद्योगमा डेब्यु गरेका कैयन् नायिकामा उपासना सिंह ठकुरीको पनि इन्ट्री भयो । युवा अभिनेता अनमोल केसीसँग उनी फिल्म ‘क्याप्टेन’ मा देखिएकी थिइन् । फिल्म त चलेन तर उपासनाको चर्चा भने चलिरह्यो । यतिबेला उनको चर्चा झनै थपिएको छ ।

नायिका उपासना सिंह ठकुरीले दोस्रो फिल्मका रुपमा चलचित्र ‘कबड्डी ३’ मा अभिनय गर्ने भएकी छिन् । यो फिल्मको नाम ‘कबड्डी कबड्डी कबड्डी’ राखिएको छ । निर्माण टिमका अनुसार उपासनाको भूमिका पनि फिल्ममा मुख्य हुनेछ । उनका लागि एउटा संयोग जुरेको छ – उपासनाले हेरेको पहिलो नेपाली फिल्म थियो, कबड्डी । यसको तेस्रो सिक्वेलमा स्वयम् उपासनाले अभिनय गर्ने भएकी छिन् ।

पहिलो फिल्मबाटै राम्रो चर्चामा आएकी उपासनाले ‘कबड्डी ३’ मा कस्तो काम गर्छिन्, त्यसले उनको करिअरलाई मापन त गर्ला नै । अहिले भने यो फिल्ममा काम गर्न पाउँदा निकै खुशी भएको उनी बताउँछिन् । ‘कबड्डी मैले हेरेको पहिलो नेपाली फिल्म हो, यो टिमसँग काम गर्न पाउँदा एकदमै खुशी छु,’ उपासना भन्छिन् ।

मल्टिस्टारर फिल्म ‘कबड्डी ३’ मा दयाहाङ राई, कर्मा, माओत्से गुरुङ, विल्सन विक्रम राई, लुनिभा तुलाधर, विजय बराल लगायतका कलाकारले अभिनय गर्नेछन् । यो फिल्मका निर्देशन रामबाबु गुरुङ हुन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १ : ५१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको