प्रदिप गिरीको टिप्पणी : आलु–प्याजमा पानी हाल्न नजान्ने व्यक्ति अर्थमन्त्री भए ! | Khabarhub Khabarhub

प्रदिप गिरीको टिप्पणी : आलु–प्याजमा पानी हाल्न नजान्ने व्यक्ति अर्थमन्त्री भए !


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीले अर्थमन्त्रीको पदलाई ‘विशेषज्ञ’को पद बनाइएको भन्दै सो प्रवृति गलत भएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा वैठकमा बोल्दै नेता गिरीले भने, ‘पीएचडी पढेका, बाहिरबाट पढेर आएका तर नेपालको हकमा गहूँ र धानको फरक नबुझ्ने, प्याजलाई पानी चाहिन्छ कि चाहिँदैन, आलुलाई पानी चाहिन्छ कि चाहिँदैन भन्ने कुरा भन्न नसक्ने मानिसहरु हाम्रा सरकारको पाला अर्थमन्त्री भए ।’

नेता गिरीले अमेरिका वा जर्मनीमा पढेका व्यक्तिलाई अर्थमन्त्री बनाउने गरिएको भन्दै उक्त प्रवृतिका कारण देशको विकास नभएको पनि बताए ।

‘तथाकथित आधुनिककरणको, तथाकथित विकासिकरणको, तथाकथित बृद्धिदरको अंग्रेजीमा प्रवेश ग¥यौं, जेसुकै भन्नुहोस् सिद्धान्त र प्राथमिकतालाई हामीले विपरित दिशाम लैजानु परेको छ,’ नेता गिरीले भने, ‘वर्तमान दिशामा प्रश्न चिन्ह खडा गर्नुपरेको छ ।’

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १ : २८ बजे

भीम रावलले सोधे केपी ओलीलाई ७४ प्रश्‍न

काठमाडौं– नेकपा एमालेबाट निष्कासित नेता डा. भीमबहादुर रावलले प्रधानमन्त्रीसमेत रहेका

सिंगापुरको आर्थिक वृद्धि अपेक्षाभन्दा बढी

एजेन्सी – सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङले मंगलबार सन् २०२४ मा

हिमाललाई नजिकबाट नियाल्ने गन्तव्य कपुचे ताल

गण्डकी– आँखै अगाडि ड्वाङड्वाङ आवाजसहित हिउँ पहिरो झर्ने कास्कीको मादी

ट्र्याक खोलेको ७ वर्ष नबित्दै नाम्दु-पाँडु सडक ढलान

दोलखा– सडक निर्माणलाई प्राथमिकता दिएको वैतेश्वर गाउँपालिकाको कार्यालयलाई पक्की सडक

फागुन १६ र १७ गते काठमाडौंमा रोजगार सम्मेलन

पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन फागुन १६ र