आगामी आर्थिक वर्षको बजेटले दीगो विकासको लक्ष्यलाई आत्मसात गर्ने | Khabarhub Khabarhub

आगामी आर्थिक वर्षको बजेटले दीगो विकासको लक्ष्यलाई आत्मसात गर्ने


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले दीगो विकासको अवधारणालाई आत्मसात गर्ने बताएका छन् ।

बजेटले क्षेत्रगत भन्दा नीतिगत प्राथमिकतालाई बजेटले आत्मसात गर्ने पनि अर्थमन्त्री खतिवडाको भनाइ छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे उठेका प्रश्नको जवाफ दिदै मन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा द्वन्द्व घटाउने तथा शान्ति प्रक्रियालाई बलियो बनाउने कार्यक्रम समेटिने बताए ।

असमानता घटाउने, पूँजीले श्रमको शोषण नगर्ने र भएको आर्थिक वृद्धिको समन्यायीक वितरणलाई नै बजेटले आत्मसात गर्ने मन्त्री अतिवडाको कथन थियो ।

‘खास वर्ग र क्षेत्रबाट निर्देशित आर्थिक वृद्धि अर्थात् वित्तिय पूँजीवाद र प्रविधिमा आधारित पूँजीवादले श्रमको शोषण गर्ने भएकाले दीगो हुँदैन,’ अर्थमन्त्री खतिवडाले भने, ‘आर्थिक वृद्धिको आधार फराकिलो भए मात्रै दिगो विकास हुन्छ । आर्थिक वृद्धि सँगसँगै सामाजिक न्याय र वितरण प्रणाली तथा सबैलाई सामाजिक संररक्षण र सुरक्षा जस्ता राज्यका निर्देशक सिद्धान्तबाट नै बजेट निर्देशित हुने छ ।’

वित्तिय संघीयता कार्यान्वयन गर्ने तथा स्रोतको बाँडफाँटको विषयमा आवश्यक कानूनहरु बनेकाले यसले विस्तारै पूर्णता पाउने अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको संसदमा छलफलका क्रममा उठेका ‘ग्रहणयोग्य’ सुझावहरु आगामी बजेटमा समेटिने मन्त्री खतिवडाले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ३ : ३४ बजे

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

बागमती – बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मानव अधिकारको हरेक

किसान सञ्जालद्वारा १२ बुँदे घोषणापत्र जारी

काठमाडौं – राष्ट्रिय युवा किसान सञ्जाल नेपालले १२ बुँदे ‘युवा

सिङ्गापुरको मुद्रास्फीति घट्दै, पहिलो छ महिनामा ०.९ प्रतिशतमा सीमित

सिंगापुर – सिंगापुरको तथ्यांक विभागका अनुसार, सिङ्गापुरको उपभोक्ता मूल्य सूचकांक

अभिनेत्री मनिषा कोइरालालाई बेलायतमा सम्मान

बेलायत – अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस

पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले)का स्थायी कमिटी सदस्य