विजयोत्सव नमनाउन रास्वपाको निर्देशन « Khabarhub

विजयोत्सव नमनाउन रास्वपाको निर्देशन


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका आफ्ना उम्मेदवारहरूलाई व्यक्तिगत विजय उत्सव नमनाउन निर्देशन दिएको छ ।

पार्टीका उपसभापति डीपी अर्यालले भने, ‘निर्वाचन जित्ने उम्मेदवारहरू आफ्ना घरदैलोमा र्‍याली वा अबिर जात्रा गर्न सक्ने इच्छा राख्न सक्छन्, तर देशमा जेनजी आन्दोलनका क्रममा गुमेका साना उमेरका छोराछोरीको पीडा अझै कम भएको छैन। त्यसैले पार्टीले सबै विजेतालाई उत्सव नगर्न निर्देशन दिएको हो।’

अब काम गरेर मात्र घरदैलोमा गएर धन्यवाद दिन सकिने उनको भनाइ छ । मतगणनास्थलमा मात्रै सीमित धन्यवाद दिने र बाहिर कुनै र्‍याली वा अबिर जात्रा नगर्न निर्देशन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबाट आएकोउनले जानकारी दिए ।

अर्यालले भने, ‘जनताले हामीलाई सरकार बनाउन म्याण्डेट दिनुभएको छ। अब काम गरेर मात्र घरदैलोमा गएर धन्यवाद दिन सकिन्छ। मतगणनास्थलमा मात्रै सीमित धन्यवाद दिने र बाहिर कुनै र्‍याली वा अबिर जात्रा नगर्न निर्देशन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबाट आएको हो।’

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १२ : १२ बजे

बसर अल असदलाई मृत्युदण्डको फैसला

काठमाडौं- सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको

कांग्रेस संस्थापन इतर समूहले भन्यो- सर्वोच्चबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोकौँ

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिले

भुटानका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं- भुटानका दुई मन्त्रीले राजीनामा दिएका छन् । भुटानका गृहमन्त्री

सदनप्रति उत्तरदायी हुन तयार भएनन् प्रधानमन्त्री, सभामुखले भेटेरै बोलाउँदा पनि भने : विचार गरौँला

काठमाडौं- मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि सभामुख डोलप्रसाद अर्यालयले

ट्रम्पले इरानसँग मागे क्षतिपुर्ति

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित शान्ति सम्झौताका लागि नयाँ