एन्फा बैठक : वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ चयन « Khabarhub

एन्फा बैठक : वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ चयन


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङलाई चयन गरेको छ । मंगलबार बसेको एन्फा कार्यसमिति बैठकले नेम्वाङलाई चयन गरेको हाे ।

वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्ष विर बहादुर खड्काले दाबी पेश गरेका थिए । बैठककै क्रममा विवाद उत्पन्न भएपछि उपाध्यक्ष खड्का सहितको टोलीले  बैठक बहिष्कार गरे ।  उनीहरुले विधान वैधानिक नभएको भन्दै बैठक बहिस्कार गरे । उपाध्यक्ष खड्काले चितवनमा सम्पन्न साधारण सभाबाट संशोधन भएको विधानमा राष्ट्रिय खेलकुद (राखेप)को छाप नभेटेपछि विधान अवैधानिक भन्दै विरोध गरेको बताएका छन् ।

‘कार्यसमिति बैठक बस्नु भन्दा १४ दिन अगाडि सदस्यहरुलाई जानकारी गराउने प्रावधान पुरानो विधानमा व्यवस्था थियो । तर, संशोधित विधानमा ७ दिनभित्रै जानकारी गराउनुपर्ने व्यवस्था भए पनि विना स्वीकृत बैठक बोलाइएको हुँदा वैधानिक लागेन । बैठक बहिष्कार गर्‍यौं,’ उपाध्यक्ष खड्काले भने, ‘संशोधित विधान हेर्दा विधान नै राखेपबाट स्वीकृत नभएको पाइयो ।’

खबरहबसँग कुरा गर्दै खड्काले भने,‘यसअघि कर्मा जीहरुले नै तत्कालीन कार्यसमितिविरुद्ध आन्दोलन थाल्दा फिफा र एएफसीको नियम मात्र नभइ सरकारको स्वीकृति पनि चाहिन्छ भन्नु भएको थियो । तर, अब अहिले राखेपले स्वीकृति नदिँदै पेलेर जान खोज्नुभयो ।’

उपाध्यक्ष खड्कासहितको टोलीले बैठक बहिस्कार गरेपनि एन्फा कार्यसमिति बैठक भने जारी छ । तर, बैठकले गरेका कुनै पनि निर्णयहरु आफूहरुका लागि अमान्य हुने भन्दै यस्ता निर्णय विरुद्ध राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयमा उजुरी गर्ने खड्काले बताए ।

‘विधानमा छाप नदेखेपछि हामीले बैठक बहिस्कार गर्‍यौं । आज कुनै पनि निर्णय गरे राखेप र मन्त्रालयमा उजुरी दिन्छौं । कर्मा जिको आर्थिक पारदर्शिता लगायतका विषयहरु थिए तर, विर्सनु भयो,’ उनले भने ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ५ : १९ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी