मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउन पहल गर्ने प्रतिवद्धता « Khabarhub

मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउन पहल गर्ने प्रतिवद्धता


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिलसम्बन्धि विधेयक सच्याउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले संघीय संसदको राष्ट्रियसभामा दर्ता गरिएको सो विधेयक संशोधनको क्रममा र संसदीय समितिको छलफलको क्रममा सच्याउने अवसर भएकाले त्यसको सदुपयोग गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरे ।

मंगलबार सो विधेयक सच्याउन पहल गरिदिन आग्रह गर्दै सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पुगेका नेपाल प्रेस युनियनका पदाधिकारीसँगको भेटमा उनले सो विधेयकमा देखिएका कमीकमजोरी हटाउन पर्याप्त छलफल गर्ने अवसर भएको पनि स्पष्ट पारे ।  विधेयक संशोधनको क्रममा र विषयगत समितिमा छलफलको क्रममा सरोकारवाला निकायसँग पनि छलफल गर्ने प्रक्रिया भएकाले कुनै पनि विधेयक सच्याएर अघि बढाउन पर्याप्त अवसर रहेको अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

त्यस अवसरमा युनियनले सम्पूर्ण मिडियामाथिनै ‘कू’ गर्ने नियतका साथ ल्याइएको सो विधेयक सच्याउन पहल गरिदिन आग्रह गर्दै अध्यक्ष तिमिल्सिनालाई ज्ञापन पत्र बुझाएको थियो । सोमबार (हिजो) नेपाल पत्रकार महासंघले पनि सो विधेयकलाई प्रेस मैत्री बनाई दिन आग्रह गर्दै अध्यक्ष तिमिल्सिनालाई ध्यानाकर्षण पत्र बुझाएको थियो । पत्रकारहरुलाई कडा दण्ड/जरिवानाको व्यवस्थासहित राष्ट्रिय सभामा दर्ता गरिएको सो विधेयकको सर्वत्र आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ६ : १५ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट