किरण र विमलले मैत्रीपूर्ण खेल्ने सम्भावना न्यून ! « Khabarhub

किरण र विमलले मैत्रीपूर्ण खेल्ने सम्भावना न्यून !


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ र फरवार्ड विमल घर्तिमगरले अर्को महिना हुने दुई मैत्रीपूर्ण खेल खेल्ने सम्भावना कम देखिएको छ ।

नेपाली टोलीले जेठ १९ गते मलेसिया र जेठ २३ गते चाइनिज ताइपेइसँग मैत्रीपूर्ण खेल्ने तय भएको छ । तर, किरण र विमल भने अर्को साता क्लब ड्यूटीका लागि माल्दिभ्स जाने तयारीमा छन् । किरण र विमल टिसी स्पोर्टस आबद्ध भएका छन् । टिसीमा किरणको यो लगातार तेस्रो र विमलको पहिलो सिजन हो ।
‘अर्को साता मंगलबार वा बुधबार माल्दिभ्स जाँदैछौं । प्रि सिजनका लागि पनि क्लबले बोलाइसकेको छ । मैले केहि दिन समय मागरे अलि ढिला जान लागेको छु, किरणले भने, मैत्रीपूर्ण खेलको लागि के हुन्छ । त्यहि गएपछि मात्र भन्न सकिन्छ । किरणका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले मैत्रीपूर्ण खेलका लागि मलेसिया नै आउनुपर्ने बताएका छन् । इन्द्रमान (तुलाधर) सरले क्लबलाई पत्राचार गर्छौं भन्नु भएको छ, उनले भने, एन्फा र क्लबको सहमति जे हुन्छ , हामीले त्यहि अनुसार गर्ने हो ।

किरणले थपे, प्रि सिजनका लागि क्लबले दुवई कतार वा मलेसिया नै लाने तयारी गरेकोले सम्भवत मैत्रीपूर्ण खेलका लागि नछाड्न सक्छ । टिसीलाई गत सिजन लिग च्याम्पियन बनाउने क्रममा किरण उत्कृष्ट गोलकिपर घोषित भएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ८ : ४७ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका