किरण र विमलले मैत्रीपूर्ण खेल्ने सम्भावना न्यून ! « Khabarhub

किरण र विमलले मैत्रीपूर्ण खेल्ने सम्भावना न्यून !


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ र फरवार्ड विमल घर्तिमगरले अर्को महिना हुने दुई मैत्रीपूर्ण खेल खेल्ने सम्भावना कम देखिएको छ ।

नेपाली टोलीले जेठ १९ गते मलेसिया र जेठ २३ गते चाइनिज ताइपेइसँग मैत्रीपूर्ण खेल्ने तय भएको छ । तर, किरण र विमल भने अर्को साता क्लब ड्यूटीका लागि माल्दिभ्स जाने तयारीमा छन् । किरण र विमल टिसी स्पोर्टस आबद्ध भएका छन् । टिसीमा किरणको यो लगातार तेस्रो र विमलको पहिलो सिजन हो ।
‘अर्को साता मंगलबार वा बुधबार माल्दिभ्स जाँदैछौं । प्रि सिजनका लागि पनि क्लबले बोलाइसकेको छ । मैले केहि दिन समय मागरे अलि ढिला जान लागेको छु, किरणले भने, मैत्रीपूर्ण खेलको लागि के हुन्छ । त्यहि गएपछि मात्र भन्न सकिन्छ । किरणका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले मैत्रीपूर्ण खेलका लागि मलेसिया नै आउनुपर्ने बताएका छन् । इन्द्रमान (तुलाधर) सरले क्लबलाई पत्राचार गर्छौं भन्नु भएको छ, उनले भने, एन्फा र क्लबको सहमति जे हुन्छ , हामीले त्यहि अनुसार गर्ने हो ।

किरणले थपे, प्रि सिजनका लागि क्लबले दुवई कतार वा मलेसिया नै लाने तयारी गरेकोले सम्भवत मैत्रीपूर्ण खेलका लागि नछाड्न सक्छ । टिसीलाई गत सिजन लिग च्याम्पियन बनाउने क्रममा किरण उत्कृष्ट गोलकिपर घोषित भएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ८ : ४७ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या