प्रधानमन्त्रीद्वारा कम्बोडियाको राष्ट्रिय संग्रहालय अवलोकन (फोटो फिचर) | Khabarhub Khabarhub

प्रधानमन्त्रीद्वारा कम्बोडियाको राष्ट्रिय संग्रहालय अवलोकन (फोटो फिचर)


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कम्बोडियाको भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सिल्भर पेगोडा लगायत कम्बोडियास्थित राष्ट्रिय संग्रहालय अवलोको   भ्रमण गरेका छन् ।

‘वाट प्रिया केओ’ अर्थात् पन्नाको बुद्ध मन्दिर पनि भनिने सिल्भर पेगोडा यसको भूइँका लागि प्रख्यात छ जुन पाँच टन चम्किलो चाँदीले ढाकिएको छ । सिल्भर पेगोडासम्म जाने भर्‍याङ इटालेली सिङमर्मरद्वारा बनेको छ । सन् १८९२ मा राज नोरोदोमका पालामा पहिले काठबाट बनाइएको सो पेगोडा सन् १९६२ मा पुनःनिर्माण गरिएको थियो ।

यो कम्बोडियाको प्रसिद्ध हेर्नलायक दर्शनीय संरचना हो । प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलले सो पेगोडाको शैली र वैभवताको अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।

कम्बोडियाको राष्ट्रिय संग्रहालय अवलोकनका झलक

प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडियास्थित राष्ट्रिय संग्रहालय अवलोकनका क्रममा भ्रमण पुस्तिकामा हस्ताक्षर गर्दै ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्बोडियास्थित राष्ट्रिय संग्रहालय भ्रमणपछि त्यहाँका प्रमुखबाट मायाको चिनो प्रदान ।

 

कम्बोडियाको राष्ट्रिय संग्रहालयमा राखिएको गणेश मूर्ति ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ९ : ३२ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा