डब्लुसीएल क्रिकेट : ड्राफ्टबाट ५५ खेलाडी छनोट, कसले कति पाए ? « Khabarhub

डब्लुसीएल क्रिकेट : ड्राफ्टबाट ५५ खेलाडी छनोट, कसले कति पाए ?


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वुमन्स क्रिकेट च्याम्पियनसिप (डब्लुसिएल) क्रिकेट प्रतियोगिताको खेलाडीको ड्राफ्ट सम्पन्न भएको छ । राजधानीमा मंगलबार सम्पन्न ड्राफ्टबाट ५५ जना खेलाडी छनोट भएका छन् । जसमध्ये ५ वटै टिमका १० जना खेलाडीले ७५ हजार मूल्य पाएका छन् ।

खेलाडी चार समूहमा विभाजन गरी छनोट ड्राफ्ट गरिएको छ । जसमा डाइमन्ड क्याटागोरिका खेलाडीले ७५ हजार, रुबीजका खेलाडीले ५० हजार पाउँदा सफार्यसले २५ हजार पाएका छन् ।  यस्तै, वाइल्ड कार्ड एन्ट्रीबाट भने खेलाडी केही समय भित्रै छनोट गर्ने क्विन्स इभेन्ट मेनेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । उक्त छनोट नेपालगञ्ज, काठमाडौं र विराटनगरबाट छनोट गर्ने उनले बताए । छनोटपछि सबै टिमले २–२ जना खेलाडी टिममा आवद्ध गर्नेछन् ।

प्रतियोगितामा ललितपुर फाल्कोन्स, काठमाडौं क्विन्स, पोखरा पल्टन, विराटनगर टाइटन्स, चितवन राइनोज रहेका छन् । प्रत्येक टिमले ड्राफ्टमार्फत ११–११ जना खेलाडी छनोट गरेका छन् । सहभागी सबै टोलीले डाइमन्ड क्याटागोरिका २–२ जना खेलाडी ड्राफ्टबाट टिममा लिएका छन् ।

ड्राफ्टबाट सबैभन्दा धेरै रुबीज क्याटागोरिका खेलाडी विराटनगर टाइटन्सले भित्र्याउँदा काठमाडौं दोस्रो भएको छ । जसमा विराटनगरले ५ जना खेलाडीलाई ५० हजारमा भित्र्याउँदा काठमाडौंले ४ जनाका लागि ५० हजार खर्च गरेको छ । योसँगै रुबीजका धेरै खेलाडी टिममा लिएका यी दुई टोली कागजी रुपमा बलियो देखिएका छन् । तर,पनि पहिलो पटक महिला फ्रेन्चाईज प्रतियोगिता भइरहेकाले सबै टिम एउटै स्तरका रहेका छन्

कुन टिमका कुन खेलाडी कतिमा बिक्री भए ?

ललितपुर फाल्कोन्स

मार्की खेलाडी -नेरी थापा
ममता चौधरी – ७५ हजार
करुणा भण्डारी – ७५ हजार
कविता जोशी – २५ हजार
सरिता मगर – ५० हजार
कृति सेन -२५ हजार
रोशनी बोहरा – ५० हजार
सिमा थापा- २५ हजार
गीता गोशाई – २५ हजार
शान्ति कुमारी चौधरी – २५ हजार
सम्झना खड्का -२५ हजार
अलिशा केसी – २५ हजार

पोखरा पल्टन

मार्की खेलाडी -सिता राना मगर
कविता कुँवर – ७५ हजार
अन्जली चन्द – ५० हजार
रुबिना पादोर- २५ हजार
बिन्दु रावल – ७५ हजार
अनुराधा चौधरी -५० हजार
रेवती धामी -२५ हजार
मन्जु कुमारी बोगटी – २५ हजार
राजमती ऐरी -२५ हजार
सरस्वती घर्ति मगर – २५ हजार
नबिना खड्का -२५ हजार
निशा भट्ट -२५ हजार

क्यापिटल रोयल्स काठमाडौँ

मार्की खेलाडी -रुबिना क्षेत्रि
अप्सरी वेगम – ७५ हजार
रोमा थापा – ७५ हजार
सुमन विष्ट -२५ हजार
संगीता राई-५० हजार
सरस्वती चौधरी – ५० हजार
नितु भण्डारी – २५ हजार
ममता थापा – ५० हजार
इश्वरी विष्ट -२५ हजार
लक्ष्मी साउद -२५ हजार
ममता राना – २५ हजार

चितवन राइनोज

मार्की खेलाडी – इन्दु बर्मा
काजोल श्रेष्ठ – ७५ हजार
ऋतु कजौनिया – २५ हजार
सुमन खतिवडा -२५ हजार
रेखा रावल -५० हजार
सरस्वती पुन – २५ हजार
अश्मिता खरेल -२५ हजार
प्यारी चौधरी – २५ हजार
कन्चन श्रेष्ठ – २५ हजार
सन्तोषी कुमारी चौधरी – ५० हजार
सन्जु लामा – २५ हजार
सावित्रा जिसी – २५ हजार

विराटनगर टाइटन्स
मार्की खेलाडी – सरिता मगर
ज्योति पाण्डे – ५० हजार
सोनु खड्का – ७५ हजार
डोली भट्ट – ५० हजार
लमी चौधरी – ५० हजार
आरती बिडारी – ७५ हजार
सबनम राई – ५० हजार
कृतिका मराशैनी – २५ हजार
अस्मिना कर्माचार्य -२५ हजार
सर्मिला रोका मगर – २५ हजार
प्रतिक्षा बस्याल -५० हजार
कृष्णा गुरुङ – २५ हजार

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ९ : ४६ बजे

क्यान्सरको औषधि अभाव हुन नदिन दैनिक विवरण उपलब्ध गराउन विभागको आग्रह

काठमाडौं– बजारमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधि तथा

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन– छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका

तनहुँका व्यवसायी पसल बन्द गरेर आन्दोलनमा 

काठमाडौं– दमौली स्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार– पश्चिम जाजरकोटमा करोडौँ रुपैयाँ लागतका पक्की पुलहरूको निर्माणले गति

चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

काठमाडौँ– चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा