डब्लुसीएल क्रिकेट : ड्राफ्टबाट ५५ खेलाडी छनोट, कसले कति पाए ? « Khabarhub

डब्लुसीएल क्रिकेट : ड्राफ्टबाट ५५ खेलाडी छनोट, कसले कति पाए ?


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वुमन्स क्रिकेट च्याम्पियनसिप (डब्लुसिएल) क्रिकेट प्रतियोगिताको खेलाडीको ड्राफ्ट सम्पन्न भएको छ । राजधानीमा मंगलबार सम्पन्न ड्राफ्टबाट ५५ जना खेलाडी छनोट भएका छन् । जसमध्ये ५ वटै टिमका १० जना खेलाडीले ७५ हजार मूल्य पाएका छन् ।

खेलाडी चार समूहमा विभाजन गरी छनोट ड्राफ्ट गरिएको छ । जसमा डाइमन्ड क्याटागोरिका खेलाडीले ७५ हजार, रुबीजका खेलाडीले ५० हजार पाउँदा सफार्यसले २५ हजार पाएका छन् ।  यस्तै, वाइल्ड कार्ड एन्ट्रीबाट भने खेलाडी केही समय भित्रै छनोट गर्ने क्विन्स इभेन्ट मेनेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । उक्त छनोट नेपालगञ्ज, काठमाडौं र विराटनगरबाट छनोट गर्ने उनले बताए । छनोटपछि सबै टिमले २–२ जना खेलाडी टिममा आवद्ध गर्नेछन् ।

प्रतियोगितामा ललितपुर फाल्कोन्स, काठमाडौं क्विन्स, पोखरा पल्टन, विराटनगर टाइटन्स, चितवन राइनोज रहेका छन् । प्रत्येक टिमले ड्राफ्टमार्फत ११–११ जना खेलाडी छनोट गरेका छन् । सहभागी सबै टोलीले डाइमन्ड क्याटागोरिका २–२ जना खेलाडी ड्राफ्टबाट टिममा लिएका छन् ।

ड्राफ्टबाट सबैभन्दा धेरै रुबीज क्याटागोरिका खेलाडी विराटनगर टाइटन्सले भित्र्याउँदा काठमाडौं दोस्रो भएको छ । जसमा विराटनगरले ५ जना खेलाडीलाई ५० हजारमा भित्र्याउँदा काठमाडौंले ४ जनाका लागि ५० हजार खर्च गरेको छ । योसँगै रुबीजका धेरै खेलाडी टिममा लिएका यी दुई टोली कागजी रुपमा बलियो देखिएका छन् । तर,पनि पहिलो पटक महिला फ्रेन्चाईज प्रतियोगिता भइरहेकाले सबै टिम एउटै स्तरका रहेका छन्

कुन टिमका कुन खेलाडी कतिमा बिक्री भए ?

ललितपुर फाल्कोन्स

मार्की खेलाडी -नेरी थापा
ममता चौधरी – ७५ हजार
करुणा भण्डारी – ७५ हजार
कविता जोशी – २५ हजार
सरिता मगर – ५० हजार
कृति सेन -२५ हजार
रोशनी बोहरा – ५० हजार
सिमा थापा- २५ हजार
गीता गोशाई – २५ हजार
शान्ति कुमारी चौधरी – २५ हजार
सम्झना खड्का -२५ हजार
अलिशा केसी – २५ हजार

पोखरा पल्टन

मार्की खेलाडी -सिता राना मगर
कविता कुँवर – ७५ हजार
अन्जली चन्द – ५० हजार
रुबिना पादोर- २५ हजार
बिन्दु रावल – ७५ हजार
अनुराधा चौधरी -५० हजार
रेवती धामी -२५ हजार
मन्जु कुमारी बोगटी – २५ हजार
राजमती ऐरी -२५ हजार
सरस्वती घर्ति मगर – २५ हजार
नबिना खड्का -२५ हजार
निशा भट्ट -२५ हजार

क्यापिटल रोयल्स काठमाडौँ

मार्की खेलाडी -रुबिना क्षेत्रि
अप्सरी वेगम – ७५ हजार
रोमा थापा – ७५ हजार
सुमन विष्ट -२५ हजार
संगीता राई-५० हजार
सरस्वती चौधरी – ५० हजार
नितु भण्डारी – २५ हजार
ममता थापा – ५० हजार
इश्वरी विष्ट -२५ हजार
लक्ष्मी साउद -२५ हजार
ममता राना – २५ हजार

चितवन राइनोज

मार्की खेलाडी – इन्दु बर्मा
काजोल श्रेष्ठ – ७५ हजार
ऋतु कजौनिया – २५ हजार
सुमन खतिवडा -२५ हजार
रेखा रावल -५० हजार
सरस्वती पुन – २५ हजार
अश्मिता खरेल -२५ हजार
प्यारी चौधरी – २५ हजार
कन्चन श्रेष्ठ – २५ हजार
सन्तोषी कुमारी चौधरी – ५० हजार
सन्जु लामा – २५ हजार
सावित्रा जिसी – २५ हजार

विराटनगर टाइटन्स
मार्की खेलाडी – सरिता मगर
ज्योति पाण्डे – ५० हजार
सोनु खड्का – ७५ हजार
डोली भट्ट – ५० हजार
लमी चौधरी – ५० हजार
आरती बिडारी – ७५ हजार
सबनम राई – ५० हजार
कृतिका मराशैनी – २५ हजार
अस्मिना कर्माचार्य -२५ हजार
सर्मिला रोका मगर – २५ हजार
प्रतिक्षा बस्याल -५० हजार
कृष्णा गुरुङ – २५ हजार

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ९ : ४६ बजे

मेची भन्सार कार्यालय : पेट्रोलियम आयतबाट पाँचमहिनामा करिब ४ अर्ब राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो

हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा !

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कारबाही गरेका

बालेन, रवि र कुलमान एकताको तरङ्ग कता-कता ?

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र रवि लामिछाने नेतृत्वको

कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत

अमेरिकाले राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर दिने

काठमाडौं – संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको